back
CTIZAN AD

महागढीमाई नगरपालिकाले निःशुल्क एम्बुलेन्स दिने निर्णय

वि.सं.२०७७ फागुन २५ मंगलवार

645 

shares

२५ फागुन, वीरगञ्ज । बाराको महागढीमाई नगरपालिकाले नगरपालिकाभित्रका दलित, सुकुम्वासी तथा अति विपन्न परिवारका मानिस सिकिस्त बिरामी परेमा उपचार गराउन काठमाडौँसम्म निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेको छ ।

स्वास्थ्य क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै नगरपालिकाले यस्तो निर्णय गरेको नगरप्रमुख उपेन्द्रप्रसाद यादवले राससलाई बताए । मुटु, मिर्गौलालगायतका दीर्घरोगीलाई उपचार खर्चको लागि वार्षिक रु २० हजार उपलब्ध गराउने निर्णय गरेको छ ।

नगरपालिकाभित्र सुरक्षित सुत्केरी गराउन चार वटा बर्थिङ सेन्टर स्थापना गरिने, स्वास्थ्य क्षेत्रको सुधारको लागि वार्षिक रु ८० लाख उपलब्ध गराउँदै आएकोमा आउँदो आर्थिक वर्षदेखि सो रकम बढाएर रु एक करोड ५० लाख बजेट छुट्याउने, कृषि क्षेत्रमा रु एक करोड ५० लाख, पर्यटकीय क्षेत्रको विकासको लागि शक्तिपिठ गढीमाई मन्दिर, पाटीपौवा, पोखरी सौन्दर्यीकरणको लागि रु एक करोड ५० लाख रकम विनियोजन गर्ने योजना रहेको नगरप्रमुख यादवले बताए ।

जम्मा ११ वडा रहेको सो पालिकामा ६५ हजार जनसङ्ख्या छ । नगरपालिकाभित्र वातावरण संरक्षणको लागि चार हजार बोटबिरुवा रोपिने, शौचालयको सरसफाइको लागि न्यूनतम मूल्यमा सफाइ मेसिन उपलब्ध गराउने निर्णय भएको छ । वडा नं ४ मल्हनी टोलमा रहेको बालविकास प्राथमिक विद्यालय विद्यार्थीबिना सञ्चालनमा रहेकोले विद्यार्थी ल्याउन घरदैलो कार्यक्रम सञ्चालन गरिएको छ ।

करीब २० वर्ष पुरानो विद्यालयमा दिवा खाजा कार्यक्रम बन्द गरेकाले विद्यार्थी अन्यत्र गएपछि विद्यार्थीविहीन भएको थियो । राससमा सो विद्यालय सम्बन्धमा ‘विद्यालय छ विद्यार्थी छैन’ भन्नेबारे समाचार आएपछि नगरपालिकाले घरदैलो कार्यक्रम थालेको नगरप्रमुख यादवले बताए ।

विद्यालयका प्रधानाध्यापक शर्मानन्दप्रसाद साहले राससलाई भने, “व्यवस्थापन समितिविहीन रहेको सो विद्यालयमा घरदैलो कार्यक्रम सञ्चालन गरेपछि अहिले करीब ५० विद्यार्थी पढन थालेका छन् ।” विद्यालयमा एक प्रधानाध्यापक, एक बालविकास शिक्षिका र एक कार्यालय सहयोगी मात्र रहेकोमा नगरपालिकाले थप एक शिक्षक पठाउने भएको छ । अहिले कक्षा ३ सम्म पठनपाठन हुने सो विद्यालयमा अब उप्रान्त कक्षा ५ सम्म पठनपाठन हुने व्यवस्था नगरपालिकाले गर्ने भएको छ ।
रासस

वि.सं.२०७७ फागुन २५ मंगलवार १६:१० मा प्रकाशित

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

काठमाडौँ । आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु भएकाे छ...

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

काठमाडौँ । सरकारले चिकित्सकहरूको सुझावअनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका–१...

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको...