
फागुन २५, काठमाडौं । निर्वाचन आयोगले सर्वोच्चको फैसलाअनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको दल खारेज गर्ने निर्णय गरेको छ । मंगलबार बसेको निर्वाचन आयोगका पदाधिकारीहरुको बैठकले डबल नेकपा खारेज गर्ने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
यो निर्णयसँगै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले) र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) पुरानै अवस्थामा फर्किएको छ । आयोगले पुर्ववत अवस्थामा फर्किएको दुई दलबारे संघीय संसद सचिवालय, सातवटै प्रदेश सभा र सबै जिल्ला निर्वाचनलाई पनि जानकारी गराउने निर्णय गरेको छ ।
साथै आयोगले एकीकरण गर्न चाहेको खण्डमा अन्य दलसँग नाम नजुध्ने गरि नयाँ दलको नाम र चिन्हसहित दर्ताको निवेदन दिन पनि दुवै पार्टीलाई जानकारी गराएको छ । आयोगले उक्त निवेदन दिन १५ दिनको समय सीमा पनि तोकेको छ ।
यसअघि आइतबार सर्वोच्चले नेकपा नामको मुद्दामा फैसला गर्दै साबिक दुवै पार्टीलाई पुरानै अवस्थामा फर्काउने निर्णय सुनाएको थियो ।
यस्ताे छ आयोगकाे निर्णयकाे पूर्णँपाठ