
२५ फागुन, काठमाडौं । कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि हुने भएको छ । मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा।डा।चन्द्रमणि पौडेलले बताए ।
परीक्षा जेठ २६ देखि असार ४ गतेसम्म हुनेछ । कोभिड१९ महामारीका कारण सरकारले यो वर्षको शैक्षिक सत्र दुई महिना पछाडि धकेलेर जेठ मसान्तसम्म र नयाँ शैक्षिक सत्र असारदेखि सुरु गर्ने निर्णय गरिसकेको छ ।