back
CTIZAN AD

गोपाल किराँती र सन्ध्या तिवारीले नयाँ नामसहित पार्टी दर्ताको निवेदन दिनुपर्ने

वि.सं.२०७७ फागुन २५ मंगलवार

867 

shares

फागुन २५, काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई औपचारिक बदर गर्ने निर्णय गरेको छ । आयोगले सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाअनुसार नेकपालाई बदर गर्दै साबिक नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई ब्यूँताउने निर्णय गरेको छ ।

साथै आयोगले एमाले र माओवादी केन्द्रको एकतापश्चात गोपाल किराँतीको अध्यक्षतामा दर्ता भएको नेकपा (माओवादी केन्द्र) र सन्धा तिवारीको अध्यक्षतामा दर्ता भएको नेकपा (एमाले)लाई पनि खारेज गर्ने निर्णय गरेको छ ।

आयोगले किराँती र तिवारीलाई दलको नयाँ नाम र चिन्हसहित निवेदन दिन पनि जानकारी गराएको छ । मंगलबार बसेको आयोगका पदाधिकारीको बैठकले किराँती र तिवारीलाई १५ दिनभित्र आयोगमा नयाँ दलको निवेदन दिन भनेको छ ।

बैठकपछि आयोगले सार्वजनिक गरेको विज्ञप्तीमा भनिएको छ, ‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३को दफा ६ (१) (ङ) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम ९ बमोजिम राजनीतिक दलका रुपमा कायम रही रहन सक्ने नदेखिँदा तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को हकमा अर्को नयाँ नाम र चिन्ह तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी)को हकमा नयाँ नाम प्रस्ताव गरी १५ (पन्ध्र) दिनभित्र सुधारसहितको विवरण आयोग समक्ष पेश गर्न जानकारी गराउने ।’

याे पनि…

एमाले र माओवादी केन्द्र साबिककै अवस्थामा रहेको जानकारी संसदलाई गराउने निर्वाचन आयोगको निर्णय (निर्णयसहित)

वि.सं.२०७७ फागुन २५ मंगलवार १६:५५ मा प्रकाशित

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...