
फागुन २५, काठमाडौं । सत्ता सहकार्य गर्न नेकपा एमाले र जनता समाजवादी पार्टीबीच संयुक्त कार्यदल गठन भएको छ । एमाले र जसपाबीच भएको छलफल पछि संयुक्त कार्यदल गठन भएको हो ।
संयुक्त कार्यदलमा नेकपा एमालेको तर्फबाट संसदीय दलका नेता सुवास नेम्वाङ, अर्थमन्त्री तथा पार्टी उपमहासचिव विष्णु पौडेल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई छन् । त्यस्तै जसपाको तर्फबाट सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण छन् ।
सर्वोच्च अदालतको फैसलासँगै ब्यूँतिएको नेकपा एमाले संसदमा सबैभन्दा ठूलो दल हो । एमालेसँग एकलै १२० सिट छ । तर, बहुमतका लागि उक्त संख्या अपुग हो ।
यदि जनता समाजवादीसँग सहकार्य गरेको खण्डमा एमालेले सरकार बनाउन सम्भव छ । हाल जनता समाजवादीसँग ३२ सिट छ ।