back
CTIZAN AD

स्मृति मन्धनाको अर्धसतकमा भारत दोस्रो एकदिवसीयमा विजयी

वि.सं.२०७७ फागुन २५ मंगलवार

648 

shares

२५ फागुन, काठमाडौँ । भारतीय महिला क्रिकेट टिमले दक्षिण अफ्रिकी महिला टिम विरुद्धको दोस्रो एकदिवसीयमा ९ विकेटले जित हासिल गरेको छ ।

टस हारेर पहिलो ब्याटिङ्ग गरेको दक्षिण अफ्रिकी महिला टिमले पुरै ५० ओभर पनि खेल्न सकेन । दक्षिण अफ्रिकी टिम ४१ ओभरमा १५७ रन बनाएर अलआउट हुन पुगेको थियो । दक्षिण अफ्रिकी टिमका लागि ब्याटिङ्गमा लारा गुडलले सर्वाधिक ४९ रन बनाएकी थिईन भने भारतका लागि बलिङ्गमा झुलन गोस्वामीले उत्कृष्ट बलिङ्ग गर्दै १० ओभरमा ४२ रन खर्चेर सर्वाधिक ४ विकेट लिएकी थिईन ।

दक्षिण अफ्रिकी महिला क्रिकेट टिमले दिएको १५८ रनको लक्ष्य भारतीय टिमले २८.४ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो । भारतीय महिला टिमका लागि ओपनर स्मृति मन्धनाले सर्वाधिक ८० रन बनाएका थिईन । त्यसक्रममा स्मृति १० छक्का र ३ चौका प्रहार गरेकी थिईन । त्यसैगरी पुनम राउतले ६२ रनको पारी खेलेकी थिईन । दक्षिण अफ्रिकी टिमका लागि १ मात्र विकेट शबनिम इस्माईलले हात पारिन ।

जितसँगै भारतीय महिला क्रिकेट टिमले ५ खेलको एकदिवसीय श्रृखलामा १-१ ले बराबरी गरेको छ ।

वि.सं.२०७७ फागुन २५ मंगलवार १५:५५ मा प्रकाशित

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

अटलान्टा ।  इजिप्ट फुटबल सङ्घले अर्जेन्टिनाविरुद्धको विश्वकप फुटबल २०२६ को...

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...