
२५ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको २ हजार ७१५ नमुना परीक्षणमा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमा महिला २५ र पुरुष ३४ जना रहेका छन् । आज थपिएका जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७४ हजार ८६९ पुगेको छ ।
त्यसैगरी आज देशैभरी ६० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ६० जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ७० हजार ९८७ पुगेको छ । निको हुनेको यो दर ९८.६ प्रतिशत हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार १२ पुगेको छ ।
त्यसैगरी देशैभरीका विभिन्न क्वारेन्टिनमा रहनेको संख्या ५६ रहेको छ ।
मन्त्रालयका अनुसार हालसम्म विभिन्न संस्थागत आइसोलेशन तथा होम आइसोलेशनमा रहेका सक्रिय संक्रमितको संख्या ८७० रहेको छ ।
त्यसैगरी हालसम्म पिसिआर प्रविधिबाट २१ लाख ९९ हजार ९५० नमुना परीक्षण गरिएको छ ।