back
CTIZAN AD

भारतमा कोरोनाबाट संक्रमण हुनेको संख्या १ करोड १२ लाख बढी

वि.सं.२०७७ फागुन २५ मंगलवार

627 

shares

२५ फागनु, भारत ।  भारतमा गत २४ घण्टामा १५ हजार ३८८ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि कुल कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १२ लाख ४४ हजार भन्दा बढी पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ ।
भारतमा गत २४ घण्टामा कोभिड-१९ सङ्क्रमणको कारण ७७ जनाको मृत्यु भएपछि कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५७ हजार ९३० जना पुगेको छ । हाल भारतमा एक लाख ८७ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । केही दिनयता भारतमा सक्रिय संङ्क्रमितको संख्या बढेको पाइएको छ ।

यसैबीच कोभिड–९९ को सङ्क्रमण शुरु भएयता भारतमा हालसम्म एक करोड आठ लाख ९९ हजारभन्दा बढी कोरोना भाइरस मुक्त भएका छन् ।भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको थियो । सो समयदेखि हालसम्म देशभरी २ करोड ३० लाख व्यक्तिले खोप लगाईसकेका छन् ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद््ले मङ्गलबारसम्म देशभर २२ करोड २७ लाख २ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । हिजो सोमबार एकै दिनमा सात लाख ४८ हजार ५२५ जनाको कोभिड–१९ परिक्षण भएको पनि समाचारमा जनाइएको छ ।सिन्ह्वा

वि.सं.२०७७ फागुन २५ मंगलवार १५:४० मा प्रकाशित

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

इरानद्धारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

इरानद्धारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

तेहरान ।  इरानले आफ्नो दक्षिणी तटीय क्षेत्रमा रहेका निगरानी तथा...

एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चीनको चेतावनी

एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चीनको चेतावनी

बेइजिङ ।   चीनको एक साइबर सुरक्षा निकायले अमेरिकी कृत्रिम बुद्धिमत्ता...

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

अटलान्टा ।  इजिप्ट फुटबल सङ्घले अर्जेन्टिनाविरुद्धको विश्वकप फुटबल २०२६ को...

प्रशिद्ध ब्रान्डको लोगो प्रयोग गरेर  नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

प्रशिद्ध ब्रान्डको लोगो प्रयोग गरेर  नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

ब्रसेल्स ।  युरोपेली संघ ९ईयू०ले चीनमा निर्मित दुई लाखभन्दा बढी...

दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढेको संयुक्त राष्ट्रसङ्घको दावी 

दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढेको संयुक्त राष्ट्रसङ्घको दावी 

जेनेभा  । संयुक्त राष्ट्र सङ्घले सन् २०२५मा दुई वर्षको गिरावटपछि...