
२८ फागुन, कोरिया । कोरियामा औद्योगिक दुर्घटनामा परेर एक नेपालीको मुत्यु भएको छ ।
बाग्लुङको गलकोट नगरपालिका–११ घर भइ रोजगारीका क्रममा दुई वर्ष अघि कोरिया पुगेका अशोक श्रीस मगर (जयराम) को दुर्घटनामा परि फागुन २४ (मार्च ८) का दिन मृत्यु भएको हो ।
नेपाल मगर संघ कोरियाका अध्यक्ष टेक पुनका अनुसार कम्पनीमा काम गर्ने क्रममा मगर सोमबार बेलुका झण्डै ६ बजेतिर लडेका थिए । लडेपछि बेहोस भएका उनलाई तत्कालै नजिककै अस्पताल पुर्याइएपनि अस्पतालले मृत घोषणा गरेको थियो ।
मगरको शवलाई हाल प्रहरीले स्थानीय अस्पतालमा राखेको र मृतकका परिवारलाई खबर गरिएको पनि अध्यक्ष पुनले बताएका छन् ।