नयाँ शक्ती नेपालको भातृ संगठनको रुपमा रहेको अन्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरियाले पूर्णता पाएको छ । संगठन विभाग प्रमुख देवेन्द्र पौडेल तथा प्रवास प्रादेशिक विभागका सहसंयोजक शंकर भण्डारीको आतिथ्यतामा सम्पन्न पहिलो अधिवेशनले रमेश उप्रेतीलाई अध्यक्षमा निर्वाचित गर्दै कार्यसमितिलाई पूर्णता दिएको हो । उप्रेती प्रतिद्वन्द्वी जीवन विश्वकर्मालाई पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन्।
अन्तर्राष्ट्रीय नेपाली समाज दक्षिण कोरियाको कार्यसमितिको उपाध्यक्षमा सुरेन्द्र बजगाइ, घ्याम्जो लामा र नारायणी घर्ती मगर, महासचिवमा पिटरकुमार श्रेष्ठ, सचिवमा यज्ञमुर्ती पोखरेल, प्रमिला सिम्खडा र पासाङ नोर्बु शेर्पा, कोशाध्यक्षमा दावा छिरिङ तामाङ, सह कोशाध्यक्षमा पुरन सिंह र नारायण गिरि लगायत १०१ सदस्यीय कार्यसमिति चयन गरेको छ ।