back
CTIZAN AD

महिला राष्ट्रिय भलिबल : एपिएफ विजयी

वि.सं.२०७३ माघ १६ आइतवार

996 

shares

१६ माघ,काठमाडौँ  । सशस्त्र प्रहरी महानिरीक्षक चौथो राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लब विजयी भएको छ ।

सशस्त्र प्रहरीको हलचोकस्थित भलिबल कोर्टमा आज भएको खेलमा एपिएफले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । सो खेलमा एपिएफले जाउलाखेललाई २५–२०, २५–९ र २५–१२ अङ्कले हराएको हो । उद्घाटन खेलमा एपिएफका हिरा केसी वुमन अफ द म्याच घोषित भइन् ।

लिगकम नकाउटका आधारमा सञ्चालन भएको सो प्रतियोगितामा एपिएफ, जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रका साथै न्यू डायमण्ड, नेपाल प्रहरी, पश्चिमाञ्चल विकास क्षेत्र र नेपाली सेनाको सहभागिता रहेको नेपाल भलिबल महासङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । माघ २० गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले रु दुई लाख ५० हजार, उपविजेताले रु एक लाख २५ हजार तथा तेस्रो हुने टिमले रु ५० हजार पुरस्कार प्राप्त गर्ने छन् ।

वि.सं.२०७३ माघ १६ आइतवार १४:१६ मा प्रकाशित

पल्सर स्पोर्ट्स अवार्डः चार विधाका मनोनयन सार्वजनिक

पल्सर स्पोर्ट्स अवार्डः चार विधाका मनोनयन सार्वजनिक

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पल्सर स्पोर्ट्स अवार्ड...

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

काठमाडौं । आईएनजी ग्रुपको हेराल्ड कलेजले २० औं एसियाली खेलकुदमा...

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

काठमाडौं। विद्यालयस्तरीय खेलकुद प्रतियोगितामध्ये पुरानो तथा लोकप्रिय स.बल ज्ञान कार्निभलको...

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...