back
CTIZAN AD

नेकपा एमाले नेपाल पक्षले तोक्यो सातै प्रदेशका इन्जार्ज

वि.सं.२०७७ फागुन २९ शनिवार

675 

shares

२९ फागुन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षीय केन्द्रीय कमिटीको बैठकले समानान्तर कमिटी विस्तार गरेको छ । शनिबार नयाँ बानेश्वरस्थित अर्याल होटलमा बसेको केन्द्रीय सदस्यहरुको बैठकले कमिटी विस्तार गरेको हो ।

शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णयमार्फत नेपाल–खनाल निकट नेताहरुको जिम्मेवारी खोसेपछि उनीहरुले पनि समानान्तर कमिटी विस्तार गरेका हुन् ।

नेपाल–खनालद्वारा विस्तारित कमिटी अनुसार प्रदेश १ को संयोजनमा भीम आचार्य, प्रदेश २ को संयोजनमा घनश्याम भुसाल, वागमती प्रदेशको संयोजनमा अष्टलक्ष्मी शाक्य, गण्डकीको संयोजनमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णालीको संयोजनमा युवराज ज्ञवाली र सुदूरपश्चिममा भीम रावल रहेका छन् ।

युवा विभागको प्रमुखमा रघुजी पन्त, विद्यार्थी विभागमा गोकर्ण विष्ट, प्रचार विभागको जिम्मा योगेश भट्टराई, महिला विभागको जिम्मा अष्टलक्ष्मी शाक्यलाई र बुद्धिजीवी विभागको जिम्मा प्रमेश हमाललाई दिइएको छ।

वि.सं.२०७७ फागुन २९ शनिवार १४:२९ मा प्रकाशित

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...