back
CTIZAN AD

आज सोमबार, राशिफल हेरेर गर्नुहोस् तपाईको आजको दिनको सुरुवात !

वि.सं.२०७७ चैत २ सोमवार

681 

shares

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुनेछन्। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ। अवसरका लागि दौडधुप गर्नुपर्ला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेको सफलताले नयाँ अवसर पनि दिलाउन सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
पुराना कामको चर्चा हुनेछ भने नयाँ अवसर पनि प्राप्त हुनेछ। विशेष भेटघाटले उत्साह जगाउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा फाइदा हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
ऋबलअभचजिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला। अस्वस्थताले काममा जुट्न नसकिएला। सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। मेहनतअनुसार कम मात्र फल प्राप्त हुनेछ। फाइदा नहुने काममा लामो समयसम्म अलमलिनुपर्ने देखिन्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
शरीरमा कमजोरी अनुभूति हुनेछ। लगनशील बन्दाबन्दै पनि काममा पछि परिनेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। पहिलेका समस्या दोहोरिनाले पनि अलमल बढ्न सक्छ। समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ। जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
परिवारजनको साथले नयाँ आशा जगाउनेछ। भौतिक साधन जुट्नेछन्। मन मिल्ने साथीसँग भेट हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार हातलागी हुनेछ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। अतिथिका रूपमा मानसम्मान प्राप्त होला। प्रेम र मित्रताको बन्धन कसिने समय छ। टाढिएका साथीभाइ पनि नजिकिनेछन्।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ लिने योजना कार्यान्वयन हुनेछन्। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। छोटो समयमा विशेष उपलब्धि प्राप्त हुनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
समयतालिका नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा व्यर्थैमा दुःख पाइनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। स्वास्थ्य–चिन्ताले सताउन सक्छ। अध्ययनमा कमजोरी अनुभूति हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। परिस्थितिवश आँटेको काम रोकिन सक्छ। नयाँ काममा हतार नगर्नुहोला। गुरुजन र सन्तानको सहयोग लाभदायी बन्नेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आवेशको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा सजग रहनुपर्ला। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउला। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले सजग रहनुहोला। बेसुरमा वचन दिने बानीले पनि अप्ठ्यारो पर्न सक्छ। महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
ऋबउचष्अयचलप्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु तथा प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला। बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। स्थायी सम्पत्तिमा विवाद आउन सक्छ। मेहनत गरीकन चिताएको मूल्य प्राप्त नहुन सक्छ। ईर्ष्या गर्नेहरूले सताउलान्। पहिलेकै काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। अध्ययनमा समय दिन नसकिएला। आत्मसम्मानमा आघात पुग्नेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
एष्कअभकइच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइने समय छ। साथ दिनेहरू बढ्नेछन्। प्रेम र मित्रताको बन्धन पनि कसिनेछ ।

२०७७ चैत २ गते, सोमवार, १५ मार्च २०२१
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज आइतबारको राशिफल भन्छ–आज यी पाँच राशिकालाई हुनेछ विशेष फाइदा !

वि.सं.२०७७ चैत २ सोमवार ०८:२८ मा प्रकाशित

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंस्थित विशाल मिलन...