
२ चैत, काठमडौँ । वेस्टइंडिज र श्रीलंका बिचको तेस्रो एकदिवसीयमा वेस्टइंडिज ५ विकेटले विजयी भएको छ ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको श्रीलंकाले ५० ओभरमा ६ विकेट गुमाएर २७४ रन बनाएको थियो । श्रीलंंकाका लागि ब्याटिङ्गमा वानिन्दु हसरंगाले ६० बलमा ८० रनको विस्फोटक पारी खेलेका थिए । त्यसक्रममा उनले ७ चौका र ३ छक्का समेत प्रहार गरेका थिए । वेस्टइंडिजका लागि बलिङ्गमा भने अकिल हुसेनले सर्वाधिक ३ विकेट हात पारेका थिए ।
वेस्टइंडिज क्रिकेट टिमले श्रीलंकाले दिएको २७५ रनको लक्ष्य ४८.३ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । वेस्टइंडिजका लागि डारेन ब्राब्रोले सतकीय पारी खेलेका थिए । उनी १३२ बलमा १०२ रन बनाएर आउट भएका थिए । त्यसैगरी टिमका कप्तान काइरन पोलार्डले खेलको अन्तिम समयमा ५३ रनको विस्फोटक पारी खेल्दैँ टिमलाई जित दिलाएका थिए ।
जितसँगै वेस्टइंडिजले श्रीलंका विरुद्धको ३ खेलको एकदिवसीयमा क्लिन स्विप गरेको छ ।