
२ चैत, काठमाडौँ । भारत र इंल्याण्ड बिच अहमदाबादमा भएको दोस्रो टि-२० मा भारतले ७ विकेटले जित हासिल गरेको छ ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको इंल्याण्डले २० ओभरमा ६त् विकेट गुमाएर १६४ रन बनाएको थियो । इंल्याण्डका लागि ब्याटिङ्गमा जेसन रोयले सर्वाधिक ४६ रन बनाएका थिए भने भारतका लागि बलिङ्गमा सादुर्ल ठाकुर वा िसुन्दरले सर्वाधिक २ २ विकेट हात पारेका थिए ।
इंल्याण्डले दिएको १६५ रनको लक्ष्य भारतले १७.५ ओभरमा ३ विकेट गुमाएर पुरा गयो । भारतका लागि ब्याटिङ्गमा कप्तान विराट कोहलीले सर्वाधिक ७३ रन बनाएका थिए । त्यसैगरी भारतका लागि टि २० क्रिकेटमा डेब्यू गरेका इशान किसनले पहिलो खेलमै अर्धसतकीय पारी खेलेका थिए । उनी ३२ बलमा ५६ रन बनाएर आउट भएका थिए । ५६ रनको विस्फोटक पारीमा उनले ४ छक्का र ५ चौका प्रहार गरेका थिए । इंल्याण्डका लागि बलिङ्गमा भने करण, जोडन र रसिदले समान १ १ विकेट लिएका थिए ।
डेब्यू खेलमै उत्कृष्ट ब्याटिङ्ग गरेका इशान किसनले प्लेयर अफ द म्याचको घोषीत भएका थिए । जितसँगै भारतले ५ खेलको टि-२० श्रृखलामा पनि १ १ ले बराबरी गरेको छ ।