back
CTIZAN AD

२० दिन देखि दम्पत्ती बेपत्ता, प्रहरी भन्छ-हामी आफै चिन्तित छौं

वि.सं.२०७७ चैत २ सोमवार

627 

shares

२ चैत, जनकपुर । २० दिनदेखि हराइरहेका महोत्तरीका दम्पत्ती अझै भेटिएका छैनन् ।

महोत्तरी पिपरा गाउँपालिका ५ सहोडवाका ६५ वर्षी मुसाफिर झा र उनकी ६० वर्षीया श्रीमती गीतादेवी मुसाफिर झा बेपत्ता भएको २० दिनसम्म पनि अझै भेटिएका छैनन् ।

फागुन १० गते साँझ खाना खाएर उनीहरु सुत्ने तरखरमा थिए । गीतादेवी र उनकी बुहारी उषादेवी कुरा गर्दै थिए । मुसाफिर सुत्न भन्दै कोठामा छिरेलगत्तै गीतादेवी पनि छेउमै बनिरहेको कोठामा सुत्न गइन् । बुहारी पनि भान्साको काम सकेर छोरासँग अर्कै कोठामा सुतिन् ।
बिहान अवेरसम्म सासुससुरा नउठेपछि बुहारीले सासुससुरा सुतेको कोठा खोलेर हेर्दा दुवैजना त्यहाँ थिएनन् । उनी छाँगाबाट खसेजस्तो भइन् । रित्तो कोठामा जताततै रगतको छिटा थिए । उनले छरछिमेकलाई र प्रहरीलाई खबर गरिन् ।

त्यसयता बेपत्ता भएका झा दम्पत्ती अझै भेटिएका छैनन् । प्रहरी र परिवारले खोजी गरेपनि उनीहरुको अवस्था अज्ञात रहेको पनि सोमबारको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रदेश २ प्रहरीका प्रमुख डिआइजी धीरजप्रताप सिंहका अनुसार झा दम्पत्तीलाई खोज्न भारत र मुलुककै अन्य प्रदेशसँग समन्वय भइरहेको छ । ‘घटनाको २० दिन भइसक्यो । हामी आफै चिन्तित छौं,’ डीआइजी सिंहले भने, ‘व्यक्तिगत पारिवारीक र आर्थिक पाटोबाट घटनाको अनुसन्धान भइरहेको छ । धेरै तथ्यहरु केलाउँदा घटनाको कारण नजिक पुगेका छौंै । केही दिनमै सबैकुरा प्रष्ट हुन्छ ।

प्रहरीको अनुसन्धानले मुसाफिरको जग्गा विवाद रहेका रामजी यादवले दम्पत्ती बेपत्ता प्रकरणमा झुटो बयान दिएको पनि पोलिग्राफ जाँचबाट खुलेको छ ।

 

वि.सं.२०७७ चैत २ सोमवार ०९:३० मा प्रकाशित

मिलापत्रमै टुङ्गिन्छन् सम्बन्धविच्छेदका मुद्दा

मिलापत्रमै टुङ्गिन्छन् सम्बन्धविच्छेदका मुद्दा

भद्रपुर (झापा) । सम्बन्धविच्छेदका लागि अदालत पुग्ने अधिकांश दम्पती अन्ततः...

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

भद्रपुर (झापा) । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको...

पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट

पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट

भद्रपुर (झापा) । पूर्वी नाका काँकडभिट्टा भएर भारततर्फ हुने नेपाली...

एमालेभित्र हिक्मत कार्कीलाई हटाउने खेल सुरु, मतभेद गहिरिँदै गएको संकेत !

एमालेभित्र हिक्मत कार्कीलाई हटाउने खेल सुरु, मतभेद गहिरिँदै गएको संकेत !

काठमाडौं । नेकपा एमालेभित्र कोही प्रदेश सरकारको नेतृत्वलाई लिएर नयाँ...

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

भद्रपुर (झापा) । काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्ब...

देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय

देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय

विराटनगर । कोशी प्रदेश सरकारले देवानगञ्ज घटनाका पीडित परिवारलाई राहत...