back
CTIZAN AD

म्यानमारमा सेनाविरुद्धको प्रदर्शनमा गोली लागेर एकैदिन ३८ जनाको मृत्यु

वि.सं.२०७७ चैत २ सोमवार

651 

shares

२ चैत, काठमाडौं । म्यानमारमा सैनिक शासनको विरोधमा उत्रिएका ३८ प्रदर्शनकारीको मृत्यु भएको छ ।

आइतबार प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि अलग–अलग ठाउँमा सेनाले चलाएको गोली लागेर ३८ जनाको ज्यान गएको समाचार ऐजेन्सीहरुले जनाएका छन् ।

आइतबार यांगुन क्षेत्रको ह्यांगथायामा प्रदर्शनकारीहरुले एक चिनिया कम्पनीमाथि आगो लगाइदिएपछि सेनाले उनीहरुमाथि फायरिङ सुरु गरेको बताइएको छ । जसमा २२ जनाको सोहि स्थानमा मृत्यु भएको र अन्य ठाउँमा भएको प्रदर्शनमा १६ जना मारिएको बताइएको छ । उक्त घटनामा प्रहरीको पनि मृत्यु भएको जनाइएको छ ।

अहिलेसम्म १२५ बढीको ज्यान गयो
म्यानमारी सेनाले गत नोभेम्बरमा भएको निर्वाचनमा धाँधली भएको भन्दै गत फरवरी १ मा नेतृ आङसाङ सुकीलगायत प्रजातन्त्र पक्षधर नेताहरुलाई नजरबन्धमा राख्दै सत्ता आफ्नो हातमा लिएपछि सेनाको यस्तो कदमका विरुद्धमा निरन्तर प्रदर्शन हुँदै आएको छ ।

उक्त प्रदर्शनका क्रममा अहिलेसम्म १२५ भन्दा बढीको मृत्यु भइसकेको छ । विभिन्न ठाउँमा शब भेटिएको र यो आंकडा अझै बढ्ने बताइएको छ । प्रदर्शनका क्रममा २ हजार १५० जना भन्दा बढी घाइते भएका छन् ।

वि.सं.२०७७ चैत २ सोमवार १४:१५ मा प्रकाशित

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

काठमाडौं । नेपालमा न्यून आय भएका वर्गलाई लक्षित गरी सञ्चालनमा...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

काठमाडौं । नेपालमा संचालमा रहेका जीवन बीमा कम्पनीहरूले चालू आर्थिक...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव’ अन्तर्गत...

श्याकर ट्रेडिङले काठमाडौंमा दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन गर्दै सेवा विस्तार सुरु गर्‍यो

श्याकर ट्रेडिङले काठमाडौंमा दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन गर्दै सेवा विस्तार सुरु गर्‍यो

काठमाडौं । ज्योति समूहअन्तर्गतको श्याकर ट्रेडिङ कम्पनीले हुन्डाई सवारी साधनका...