back
CTIZAN AD

अन्तराष्ट्रिय बजारमा प्रवेश गर्ने तयारीमा निफ्रा

वि.सं.२०७७ चैत २ सोमवार

669 

shares

२ चैत, काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले अन्तराष्ट्रिय बजारमा प्रवेश गर्ने तयारी गरेको छ । निफ्राले लन्डन स्टक एक्सचेञ्जमा करिब ३ कराेड डलर बराबरको बोन्ड जारी गर्न लागेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको एक अन्तरकृया कार्यक्रममा उक्त जानकारी दिएका हुन ।

‘चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेञ्जमा सूचिकृत हुनेगरी ३ कराेड डलर बराबरको बोन्ड जारी हुदैँछ’ । उनले भने, ‘हामिले  बोन्ड निष्काशनको लागि नेपाल राष्ट्र बैंकबाट अनुमती पाईसकेका छौँ ।’

निफ्राले जारी गर्ने बोन्डका लगानीकर्ताले ८.५ प्रतिशतको प्रतिफल पाउने छन ।

लन्डन स्थित एक संस्थाले “क्रेडिट रेटिङ” गरी बोन्ड जारी हुने प्रकिया पनि अघि बढेको खतिवडाले जानकारी दिएका छन । पाँच वर्ष अवधिको सो बोन्डबाट प्राप्त रकमलाई नेपालका ठूला विकास पुर्वाधारमा लागनी गर्ने खतिवडाले बताए ।

ठूला विकास पूर्वाधारमा लगानी गर्ने उद्देश्यका साथ स्थापित भएकाे निफ्राका लगानीकर्ताले प्रतिफलको चिन्ता नगर्न खतिवडाले आग्रह गरे ।

खतिवडाका अनुसार बैंकले अहिले पनि करिब १० प्रतिशच लाभांश वितरण गर्ने क्षमता राख्छ । तर त्यस सम्बन्धी प्रक्रिया भने अहिलेसम्म  अगाडी नबढाइएकाे सिइओ खतिवडाले जानकारी दिए ।

निफ्राले बैंक तथा वित्तिय संस्थाका लागि पनि बोन्ड जारी गर्ने तयारी गरिरहेको छ ।

वि.सं.२०७७ चैत २ सोमवार १६:१७ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...