
२ चैत, काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले अन्तराष्ट्रिय बजारमा प्रवेश गर्ने तयारी गरेको छ । निफ्राले लन्डन स्टक एक्सचेञ्जमा करिब ३ कराेड डलर बराबरको बोन्ड जारी गर्न लागेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको एक अन्तरकृया कार्यक्रममा उक्त जानकारी दिएका हुन ।
‘चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेञ्जमा सूचिकृत हुनेगरी ३ कराेड डलर बराबरको बोन्ड जारी हुदैँछ’ । उनले भने, ‘हामिले बोन्ड निष्काशनको लागि नेपाल राष्ट्र बैंकबाट अनुमती पाईसकेका छौँ ।’
निफ्राले जारी गर्ने बोन्डका लगानीकर्ताले ८.५ प्रतिशतको प्रतिफल पाउने छन ।
लन्डन स्थित एक संस्थाले “क्रेडिट रेटिङ” गरी बोन्ड जारी हुने प्रकिया पनि अघि बढेको खतिवडाले जानकारी दिएका छन । पाँच वर्ष अवधिको सो बोन्डबाट प्राप्त रकमलाई नेपालका ठूला विकास पुर्वाधारमा लागनी गर्ने खतिवडाले बताए ।
ठूला विकास पूर्वाधारमा लगानी गर्ने उद्देश्यका साथ स्थापित भएकाे निफ्राका लगानीकर्ताले प्रतिफलको चिन्ता नगर्न खतिवडाले आग्रह गरे ।
खतिवडाका अनुसार बैंकले अहिले पनि करिब १० प्रतिशच लाभांश वितरण गर्ने क्षमता राख्छ । तर त्यस सम्बन्धी प्रक्रिया भने अहिलेसम्म अगाडी नबढाइएकाे सिइओ खतिवडाले जानकारी दिए ।
निफ्राले बैंक तथा वित्तिय संस्थाका लागि पनि बोन्ड जारी गर्ने तयारी गरिरहेको छ ।