back
CTIZAN AD

आज देशैभरी ७९ जनामा कोरोना संक्रमण, ७५ जना निको, निधन हुनेको संख्या शून्य

वि.सं.२०७७ चैत २ सोमवार

720 

shares

२ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ३ हजार ३११ नमुना परीक्षणमा ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज थपिएका ७९ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७५ हजार ३१० पुगेको छ ।

त्यसैगरी आज देशैभरी ७५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ७५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ७१ हजार ४०४ पुगेको छ । निको हुनेको यो दर ९८.६ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट निधन हुनेको संख्या शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार १४ पुगेको छ ।

त्यसैगरी देशैभरीका विभिन्न क्वारेन्टिनमा रहनेको संख्या ४४ रहेको छ ।

मन्त्रालयका अनुसार हालसम्म विभिन्न संस्थागत आइसोलेशन तथा होम आइसोलेशनमा रहेका सक्रिय संक्रमितको संख्या ८९ रहेको छ ।
त्यसैगरी हालसम्म पिसिआर प्रविधिबाट २२ लाख १८ हजार ७२२ वटा नमुना परीक्षण गरिएको छ ।

त्यसैगरी नेपालमा आइतबारसम्ममा १५ लाख ५५ हजार ४११ जनाले कोरोना विरुद्धको खोप लिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ५३ संक्रमित, ७७ जना निको

वि.सं.२०७७ चैत २ सोमवार १६:१७ मा प्रकाशित

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...