
३ चैत्र, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सातै प्रदेशका महिला उद्यमीलाई आवेदन दिन आह्वान गरेको छ ।
मन्त्रालयले आ.व. २०७७/७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत प्रत्येक प्रदेशबाट एक महिला उद्यमी समूह र बीस जना महिला उद्यमीहरुलाई टेवा पूँजी र प्रविधि सहयोग उपलब्ध गराउने उद्देश्यले उक्त कार्यक्रम राखेको हो ।
मन्त्रालयका अनुसार स्थानीय तहमा निवेदन दिने समय (म्याद) समाप्त हुने मिति यहि चैत्र १७ गते मंगलबार, कार्यालय समय भित्र साथै स्थानीय प्रवेश सामाजिक विकास मन्त्रालयमा सिफारिस गर्ने मिति आगामी बैशाख २ गते बिहिवार, कार्यालय समय भित्र रहेको छ ।