back
CTIZAN AD

माध्यमिकी यात्री महोत्तरीमा प्रवेश

वि.सं.२०७७ चैत ३ मंगलवार

597 

shares

३ चैत, महोत्तरी । मिथिला माध्यमिकी यात्राका सहभागी आज चौथो दिन महोत्तरी जिल्ला प्रवेश गरेका छन् । तेस्रो दिन भारतको बिहार राज्यमा पर्ने मधुवनी जिल्लाको गिरिजास्थानमा रात्रिविश्राम गरेका यात्री आज चौथो दिन एकाबिहानैदेखि महोत्तरीको भारतीय सीमावर्ती मटिहानी आइपुग्ने क्रम शुरु भएको हो । यसअघि गत शनिबार धनुषाको ठेराकचुरीबाट यात्रा शुरु गरेका माध्यमिकी परिक्रमाका यात्रीले क्रमशः धनुषाको हनुमानगढी, भारतको मधुवनी जिल्लामा पर्ने कल्याणेश्वर र गिरिजास्थानमा पहिलो, दोस्रो र तेस्रो दिनको रात्रिविश्राम गरिसकेका छन् ।

गिरिजास्थानबाट सीमावर्ती भारतीय बजार मधवापुर हुँदै दशगजा नेपाल–भारत सीमा कटेर नेपालको महोत्तरी जिल्लाको मटिहानी प्रवेश गरेका यात्रीलाई मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डल, जिल्लाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई, महोत्तरी उद्योग वाणिज्य सङ्घका पदाधिकारी र मटिहानी नगरवासीले हार्दिक स्वागत गरेका छन् । अहिले गिरिजास्थानबाट मटिहानीसम्म १५ दिने धार्मिक यात्राका सहभागीको अटुट पङ्क्ति देखिएको छ ।

आरोग्यता, कल्याण र मोक्ष कामनाका साथ गरिने मिथिला माध्यमिकी परिक्रमा यात्राका सहभागी आज चौथो दिन मटिहानीमै रात्रिबास गर्नेछन् । विश्रामस्थलमा श्रीराम र जानकीजीको डोला प्रतिमा राखिएको डोली आइपुगेपछि वरिपरिका भक्तालुले दर्शन गर्ने र विश्रामस्थलमा भजनकीर्तनसहित धार्मिक मेला आयोजना हुने परम्परा छ । यात्रीहरूको भोजन, आवास, खानेपानी, प्राथमिक उपचार र आइपर्ने अन्य कुनै कामका लागि स्वयंसेवकसहितको आवश्यक प्रबन्ध रहेको मटिहानी नगरप्रमुख मण्डलको भनाइ छ ।

यात्राको चौथो दिन मटिहानी आइपुगेका यात्री अब आठौँ दिनसम्म महोत्तरीमा रहने छन् । चौथो दिन मटिहानी, पाँचौ दिन जलेश्वर, छैटौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनको रात्रिविश्रामपछि यात्री फेरि धनुषा जिल्ला प्रवेश गर्नेछन् । नेपाल र भारतको गरी जम्मा १३३ किलोमिटरको यो यात्रामा महोत्तरीमा २५ किलोमिटरको यात्रा गरिन्छ ।

अघि त्रेतायुगमा श्रीराम र सीताजीले विवाहपश्चात मिथिलाका विभिन्न ठाउँमा घुम्दै विहार गरेका सम्झनामा मिथिला माध्यमिकी परिक्रमाको परम्परा अठारौँ शताब्दीमा शुरु भएको मिथिला संस्कृति र परम्पराका जानकार बताउँछन् । रामसीताका पदचाप पछ्याउँदै उनीहरुकै प्रतिमा राखिएका डोली अगाडि लगाएर गरिने यो यात्रा दैहिक नभएर पारलौकिक भएको साधुसन्तको भनाइ छ । सामलखाजा र एकसरो फेरफारका लुगाको पोको आफैँ बोकेर नाङ्गा खुट्टाले गरिने यो यात्राले सांसारिक दुःखकष्टबाट मुक्ति दिने हिन्दू मैथिल जनविश्वास रहेको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका प्राचार्य प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेल बताउँछन् ।

यात्रामा नेपाल र भारतका विभिन्न मठका साधुसन्त र आम श्रद्धालु सर्वसाधारणको सहभागिता रहँदै आएको छ । यात्राको बृहत्तर जनकपुर क्षेत्र विकास कोष र धार्मिक मठहरूले संयोजन तथा समन्वय गर्दै आएका छन् । फागुन औँशीबाट शुरु भई फागुन पूर्णिमाका दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरी सम्पन्न गरिने मिथिला माध्यमिकी परिक्रमालाई मिथिलाको महाकुम्भ पनि भनिन्छ । यस यात्रामा धनुषामा छ, महोत्तरीमा पाँच र भारतको मधुवनी जिल्लामा चार रात्रिविश्रामस्थलको परम्परा रहँदै आएको छ ।
रासस

वि.सं.२०७७ चैत ३ मंगलवार ११:५७ मा प्रकाशित

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

काठमाडौँ । आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु भएकाे छ...

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

काठमाडौँ । सरकारले चिकित्सकहरूको सुझावअनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका–१...

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको...