back
CTIZAN AD

पाल्पाको रामपुरमा दृश्यावलोकन स्तम्भ बन्दै

वि.सं.२०७७ चैत ३ मंगलवार

546 

shares

३ चैत, रामपुर । पर्यटकीय क्षेत्र पाल्पाको रामपुरमा दृश्यावलोकन स्तम्भ निर्माण शुरु गरिएको छ । रामपुर नगरपालिका–४ को बरडाँडामा पर्यटकीय क्षेत्र विकास गर्ने उद्देश्यका साथ दृश्यावलोकन स्तम्भ निर्माणकार्य अगाडि बढाइएको छ ।

नगरपालिकाको सहयोगमा बहुवर्षीय योजनाअनुरुप करिब ५० फिट अग्लो चार तलाको दृश्यावलोकन स्तम्भ निर्माण गर्न रु १६ लाख रकमबाट काम थालनी गरिएको समितिका अध्यक्ष अमिर रानाले बताए । उनका अनुसार निर्माण सम्पन्न गर्न करिब रु ६० लाख लाग्ने अनुमान गरिएको छ ।

बेझाड बजारदेखि सवारी साधनमा करिब १० मिनेटको समयमा पुग्न माथिल्लो भेगमा रहेको बरडाँडा क्षेत्रबाट कालीगण्डकीबेँसीका धेरै ठाउँको दृश्यावलोकन गर्न सकिने छ । रामपुरमा बाह्य पर्यटक भित्र्याउनका लागि दृश्यावलोकन स्तम्भ निर्माण शुरु गरिएको नगरप्रमुख रमणबहादुर थापाले बताए।

अहिले भने दृश्यावलोकन स्तम्भ निर्माणको योजना परेपछि जग्गा खरिद गर्न ग्राहक आउने क्रम विस्तारै बढ्दैछ । दृश्यावलोकन स्तम्भ निर्माणकार्यले गाउँमा विकासको लहर अगाडि बढेको अनुभूति स्थानीयवासीले गरेका छन् ।

दृश्यावलोकन स्तम्भ निर्माण गरिने क्षेत्रमा उद्यानलगायतका विभिन्न पर्यटकीय पूर्वाधार निर्माण गर्ने समितिको योजना छ । समितिले अबको पाँच वर्षभित्र काम सक्ने गरी निर्माण अगाडि बढाएको जनाएको छ । सो क्षेत्रमा अन्य पूर्वाधार विकासका लागि स्थानीय वसन्तराम ठाडा, चेतनाथ पङ्गेनी, विष्णुबहादुर सेनले दुई/दुई आना जग्गा सहयोग गरेका छन् ।
रासस

वि.सं.२०७७ चैत ३ मंगलवार ११:४२ मा प्रकाशित

पालिकाद्धाारा पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

पालिकाद्धाारा पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

तानसेन (पाल्पा) । यहाँँका १५ जना ‘स्मार्ट’ आमालाई सम्मान गरिएको...

घाँसको बीउ उत्पादन

घाँसको बीउ उत्पादन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन...

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...