५ चैत्र, काठमाडौं । ललितपुर, ललितपुर महानगरपालिका–१४ नख्खीपोट मगरटोल बस्ने ७६ वर्षीया दानदेबी खड्गीको घरमा बिहीबार बिहान आगलागी हुँदा उनको जलेर मृत्यु भएको छ ।
आगलागीमा परी गम्भीर घाइते भएकी उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै आगलागीबाट कोठाका फर्निचर तथा लत्ताकपडाहरु जलेर करिब ७८ हजार ७ सय रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ ।
वि.सं.२०७७ चैत ५ बिहीवार १२:२५ मा प्रकाशित






























