back
CTIZAN AD

यूवा स्वरोजगार कर्जा प्रबाहमा बैंकहरु उदासिन

वि.सं.२०७७ चैत ५ बिहीवार

687 

shares

५ चैत्र, काठमाडौं । बैंकहरु यूवा स्वरोजगार कर्जा शिर्षकमा सहुलियतपूर्ण कर्जा प्रबाह गर्न उदासिन देखिएका छन् । सरकारले यूवा स्वरोजगार सहित १० वटा शिर्षकमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन बैंकहरुलाई निर्देशन गरेको छ । तर यूवा स्वरोजगार कर्जा प्रवाहमा बैंकहरु उदाशिन रहेको पाइएको हो ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्बजनिक गरेको चालु आर्थिक बर्षको ७ महिनाको तथ्याङ्कमा यस्तो देखिएको हो । राष्ट्र बैंकलले सार्बजनिक गरेको तथ्याङ्क अनुसार एक बर्षको अबधिमा सबैभन्दा बढी व्यवसायीक कृषि तथा पशुपालन शिर्षकमा कर्जा प्रबाह भएको छ । यो अबधिमा ११ हजार १५० जानले २८ अर्ब ७ करोड ऋण लगेका छन् । यो गत असारको तुलनामा ५१.८७ अंकले बढी हो ।

त्यस्तै यो अबधिमा महिला उद्यमशिलता कर्जा शिर्षकमा २३ हजार ७८३ जनाले २२ अर्ब ७० करोड ६१ लाख ऋण लगेका छन् ।

राष्ट्र बैंकले सार्बजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको ९ महिनाको अबधिमा ६८ हजार २०६ जनाले १ खर्ब १२ अर्ब २ करोड ८४ लाख रुपैंयाँ सहुलियतपूर्ण ऋण लिएका छन् । यो गत आर्थिक वर्षको असार मसान्त भन्दा ८८.१ प्रतिशतले बढी हो ।

सरकारले २०७५ को बजेट बक्तब्यमार्फत ७ शिर्षकमा सहुलियतपूर्ण कर्जा प्रबाहको नीति लिएको थियो । त्यसलाई संशोधन गरेर अहिले १० शिर्षकमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने ब्यबस्था छ ।

श्राेतः नेपाल राष्ट्र बैंक

वि.सं.२०७७ चैत ५ बिहीवार १३:५६ मा प्रकाशित

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

लिस्बन (पोर्चुगल) । वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण...

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

काठमाडौँ । साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...