
५ चैत्र काठमाडौं । सिभिल बैंकले नगदरहित अभियानलाई निरन्तरता दिंदै धनगढीको दैनिक कृषि उपज हाट बजारका विभिन्न ब्यापारीहरुलाई क्युआर कोड वितरण गरेको छ ।
बैंकको उक्त नगदरहित अभियानलाई प्रोत्साहन गर्न भन्दै बैंकले राष्ट्र बैंक धनगढीका प्रमुख निर्देशक सुवास चन्द्र घिमिरे, उक्त बजार व्यवस्थापन समितीका अध्यक्ष पदम बहादुर चन्द, सिभिल बैंकका सुदुरपश्चम प्रदेशका प्रमुख दिपक जोशी, शाखा प्रबन्धक संजोग भट्ट लगायतको उपस्थितीमा क्यूआर कोड वितरण गरेको हो ।
राष्ट्र बैंक धनगढीका प्रमुख निर्देशक घिमिरेका अनुसार विद्यमान कोरोनाको महामारीमा आफूलाई जोगाउन मात्र नभई नोट छपाई गर्दा खर्च हुने तथा विदेशीने मुद्रा बचाउन नगदरहित अभियान अपरीहार्य छ ।