६ चैत्र, काठमाडौं । आज शुक्रबारको बजारमा सुनको मूल्य ५ सय रुपैँयाले ओरालो लागेको छ ।
बिहिबार ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावालाको सुनको मूल्य आज ५ सय रुपैँयाले घटेर प्रतितोला ८६ हजार ७ सय रुपैँयामा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनपनि आज ८६ हजार २५० रुपैँयामा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आजको बजारमा चाँदीको भाउ पनि ह्वात्तै घटेको छ । तोलामा २५ रुपैयाँले घटेर चाँदी आज १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।