back
CTIZAN AD

कविता: खुकुरी र अचानो

वि.सं.२०७७ चैत ७ शनिवार

1.8K 

shares

धेरैले भनेको सुनें
खुकुरी र अचानोको सम्बन्ध

जब बुझ्न खोजें
पटक पटक
टुक्रा टुक्रामा धार भाँचिएको खुकुरी देखें
खुकुरी समाएका हातहरू देखें
पटक पटक
छ्याल्लव्याल्ल भएको अचानो देखें
तर
मेरो भद्दा दिमागले बुझ्न सकेन
खुकुरी र अचानो कुन बलवान हुन्छ

अर्थात
चोट बोक्ने र चोट दिनेमा
कुन बढि शक्तिशाली हुन्छ

हरेक धारिलो मारमा
खुकुरी ठोकिने अचानो मै हो
पहिलो अबरोधमै खुकुरीको बेगलाई थेग्ने
खुकुरीको गति रोकिदिने
अचानो मै हो

छ्याकछ्याक घाउ बोकेर पनि
पुराना चोटहरू नमेटिदा
खुकुरीका प्रहारहरू
मौन बसेर
छाती थाप्ने पनि अचानो नै हो

जसको छातीबाट
न कहिल्यै रगत बग्छ
जसको आँखाबाट
न कहिल्यै विरहको आँसु बग्छ

देख्नेहरू पनि
हरेक चोटमा थामिएको प्रेम
अचानोले छातीमा बोकेको पीडा
कहिल्यै बुझ्दैनन्

 

वि.सं.२०७७ चैत ७ शनिवार ०६:२६ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...