back
CTIZAN AD

गजल

वि.सं.२०७७ चैत ७ शनिवार

909 

shares

भुलेको छैन एकैसाथ मनाएको खुसीयाली ।
जवानीले सिँडी चढ्दै सताएको खुसीयाली ।

सबेरै सम्झना आयो तिमी हामी सँगै खेल्दै,
बगरमा बालुवाको घर बनाएको खुसीयाली ।

हिजोको वाल्यकाल सम्झेँ ठुटे वरको छहारीमा,
सँगै भाँडाकुटी खेल्दा रमाएको खुशीयाली ।

बिगत सम्झी रमायो मन हिउँदमा वर्सिदा पानी,
बनाई नाउ कागजको बगाएको खुशीयाली ।

तिमीले विर्सियौ सायद मलाई सम्झना आयो,
लुगा छोटा भए भन्दै लजाएको खुसीयाली ।

बहर- हजज मुसम्मन सालिम

 

वि.सं.२०७७ चैत ७ शनिवार ०६:२७ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...