back
CTIZAN AD

कविताः यथार्थ सपना

वि.सं.२०७७ चैत ७ शनिवार

1.1K 

shares

कठोर परिश्रमले
थकित थकित मेरो वदनबाट
रगत-पसिनको सहस्रधारा
निरन्तर बग्नथाल्यो
हेर्दाहेर्दै,
त्यो रगत अनि पसिनाबाट
भव्य र आलिशान महलहरू ठडिए
ती सुविधा सम्पन्न महलहरू अगाडि
एउटा सुन्दर बगैंचा देखियो
त्यहाँ एउटा अजङ्गको रूखमा
हेर्दै खाउँ खाउँ लाग्ने
मीठो फलहरू लटरम्म फलेको देखियो
मेरो मुख पानीले भरियो
म फल टिपेर खाने आशाले
रूखमा चढेर फलहरूमा नियालेँ
प्रत्येक दाना फलमा
मेरो रगत पसिनाको सुगन्ध पाएँ
खुशी हुँदैन टिप्नलाई
हात लम्काएको मात्रै के थिएँ
अचानक एउटा धारिलो तरवारले
मेरा दुवै हात च्वाट्टै छिनालिदियो
अनि लामा लामा नङ्ग्रा
डरलाग्दो भयानक पञ्जाले
च्याप्प समातेर फुत्तफालिदियो
घाइते भएर जमिनमा पछारिएँ
देखेँ,
मेरो रगतपसिनाले बनेका सबै महलहरूमा
दानवहरूले कब्जा जमाएका रहेछन्
उनीहरू अट्ठहास गर्दै
मलाई गिज्याइरहेका रहेछन्
अनि एक झुन्ड राक्षसहरू
मेरो जिउलाई कुल्चिँदै रूखमा चढेर
मेरो रगत पसिनाको सुगन्धमिश्रित फल
टिपेर कपाकप खान थाल्दा
म लाचार भएर हेरिरहेँ
मेरो शिथिलता शरीरबाट
रगत र पसिना बगिरह्यो
म एकनासले सुक्दै गएँ
एकाएक मलाई असह्य पीडा भयो
मेरो मुटुमा असन्तुष्टिको आगो दन्कियो
मैले शरीरमा बाँकी भएको
सम्पूर्ण शक्ति लगाएर चिच्याएँ
“भगवान् न्याय चाहियो !“
झल्याँस्स बिउँझिदा
पसिनाले निथ्रुक्कै थिएँ
हरे शिव ! कस्तो विभत्स !!
तर यथार्थ सपना !!!
२०७७–१२–०४
चाँगुनारायण नपा–२, झौखेल, भक्तपुर ।

वि.सं.२०७७ चैत ७ शनिवार ०६:२८ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...