
वर्षात गर्ने त्यो मायाको शीतल बादल पठाऊ प्रिय
जलेको छ मुटु जमेको आँशुको आहल पठाऊ प्रिय
झर्छ आँशु बर्बर मेरो हरपल तिम्रै यादमा
फाटी सके रुमाल सबै एउटा तावल पठाऊ प्रिय
बिना तिमी एक्लो छ जीवन उदास छ मन पनि
सक्छौ भने प्रदेशबाट आमाको आँचल पठाऊ प्रिय
चाहिँदैन हिरामोती मलाई चाहिँदैन सम्पत्ति केही
विरान यो आँखामा लाउन गाजल पठाऊ प्रिय
के पठाउँ उपहार तिमीलाई भन्छौ सधैं मलाई
मात्र तिम्रो गीतको धुन बज्ने पायल पठाऊ प्रिय ।