back
CTIZAN AD

कविता: समय

वि.सं.२०७७ चैत ७ शनिवार

1K 

shares

विलय यो हुन जान्छ जिया पनि
गदरले लुटिलान्छ तिया पनि
मनहरूसँग दुःख सकिन्न है
समयका सँग जिस्किनु हुन्न है ।१।

पगहरू पथमा छ निरन्तर
पथ छ भ्रष्ट भने न छ अन्तर
कहर वीज पलाउनु हुन्न है
समय बेगर प्राप्त गरिन्न है ।२।

नद बगे पनि मर्छ कहाँ तर ?
समय मर्छ भविष्य चिनिन्छ र
विपरितार्थ बने फल दिन्न है
समयले फल दिन्छ अवश्य नै ।३।

हर सुखी मनमा छ व्यथाहरू
कठिन कष्ट थिए सपनाहरू
अधमले सुख किन्नु कहाँ अब
समय भित्र खुशी र व्यथा सब ।४।

छ परिवर्तनका शुभकामना
नियम भत्किन सक्छ विचार न
अमुक दोष दिएर सहिन्न है
समय यो नित बग्छ अडिन्न है ।५।

छन्द: द्रुतविलम्बित

 

वि.सं.२०७७ चैत ७ शनिवार ०६:३४ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...