back
CTIZAN AD

डोटीमा दश हजारभन्दा बढीलाई कोरोनाविरुद्वको खोप

वि.सं.२०७७ चैत ७ शनिवार

657 

shares

७ चैत्र, डोटी । जिल्लामा हालसम्म १० हजार ५४४ जनाले कोरोना भाइरसविरुद्वको खोप लगाएका छन् । जिल्लाका नौवटै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा जिल्ला अस्पतालबाट कोरोनाविरुद्धको खोप लगाइएको थियोे । स्वास्थ्य कार्यालयले उक्त खोप लगाउने अभियान गत फाल्गुन २३ देखि यही चैत १ गतेसम्म सञ्चालन गरेको थियोे ।

खोप ६५ वर्षभन्दा माथि उमेर समूहका नागरिकलाई लगाइएको थियो । जिल्ला अस्पतालका स्वास्थ्यकर्मी निरु मगरका अनुसार दिपायल सिलगढी नगरपालिकामा दुई हजार तीन, शिखर नगरपालिकामा एक हजार ७१७, पूर्वीचौकी गाउँपालिकामा एक हजार १००, आदर्श गाउँपालिकामा एक हजार २६२, सायल गाउँपालिकामा ८९९, केआईसिंह गाउँपालिकामा ९३६, बोगटान फुडसिल गाउँपालिकामा ९०१, बडिकेदार गाउँपालिकामा ७३३ तथा जोरायल गाउँपालिकामा ९९३ ले उक्त खोप लगाएका हुन् ।

खोपबाट कसैलाई पनि ठूलो किसिमको लक्षण देखा नपरेको बताइएको छ । नौवटै स्थानीय तहमा कूल १२ हजार ६०० जना ६५ वर्षभन्दा माथिको उमेर समूहका नागरिक रहेका र बाँकी रहेका अन्य नागरिकलाई अर्को पटकमा लगाइने जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जानकारी दिनुभयो । पहिलो चरणमा भने सरकारले मानिसहरूसँग प्रत्यक्ष सम्पर्कमा आउने स्वास्थ्यकर्मी, वित्तीय संस्थाका प्रमुख, सुरक्षाकर्मी, पत्रकार, कर्मचारी लगायतलाई देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप लगाएको थियो । रासस

वि.सं.२०७७ चैत ७ शनिवार १४:०५ मा प्रकाशित

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति...

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका...

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...