back
CTIZAN AD

पूर्वप्रधानमन्त्री कोइराला दृढ सङ्कल्प भएको राजनेता : सभामुख सापकोटा

वि.सं.२०७७ चैत ७ शनिवार

615 

shares

७ चैत्र, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले विसं २०६२-२०६३ को जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला दूरदृष्टि, इच्छाशक्ति र दृढ सङ्कल्प भएका राजनेताका रुपमा स्थापित भएको बताएका छन् ।

जिपी कोइराला मेमोरियल सामुदायिक कलेजको आठौँ वार्षिकोत्सव समारोहलाई आज चाबहिलमा सम्बोधन गर्दै उनले विसं २०५९ मा विघटन भइसकेको प्रतिनिधिसभा पुनःस्थापनाको कल्पना गरेर आन्दोलनका माध्यमबाट पूरा गराउनुले स्व कोइरालाको दूरदृष्टि बुझ्न सकिने बताए ।

“विसं २०६२/२०६३ को परिवर्तनले कोइराला विचार, साहस भएका कुशल कमाण्डर थिए भन्ने पुष्टि गरेको छ, पञ्चायतकालमा भएको विमान अपहरणलगायत घटनाले पनि कोइरालाको साहसलाई प्रमाणित गर्छ”, सभामुख सापकोटाले भने ।

कोइरालाको स्मृतिमा खुलेको कलेजले संस्कृति, संस्कार र ज्ञान हस्तान्तरणमा नमूना भएर काम गर्ने विश्वास उनले व्यक्त गरे । शिक्षा पूर्वाधारको पनि पूर्वाधार भएकाले कलेजलाई विश्वविद्यालयका रुपमा स्थापित गर्ने योजनामा आफ्नो साथ रहने उनको प्रतिबद्धता छ । पुनःस्थापित प्रतिनिधिसभाले जीवन्त र जनमुखी भएर काम गर्ने सभामुख सापकोटाको विश्वास छ ।

“कानून निर्माणमा चुनौती सामना गर्दै भगीरथ प्रयत्न हुनेछ, जनताको संसद्प्रतिको विश्वासमा घात पर्ने गरी काम हुने छैन, छलफल, बहस, वादविवाद र संवादबाट संसद् अघि बढ्छ, शान्ति र लोकतन्त्रका लागि लडेका २७५ जनाले संसद्लाई गति दिनुहुनेछ”, उनले भने ।

सांसद एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष भीमसेनदास प्रधानले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान गर्नु भई कार्यवाहक राष्ट्राध्यक्ष र सरकार प्रमुखकोसमेत भूमिका निर्वाह गरिसकेका गिरिजाप्रसाद कोइरालाको स्मृतिमा खुलेको कलेजलार्ई विश्वविद्यालयका रुपमा विकास गर्न लागिएको बताए । यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले समेत सहयोग गर्ने वचन दिएको कार्यक्रममा उनले सुनाए ।

वाग्मती प्रदेशको सार्वजनिक लेखा समितिका सभापति एवं कलेज व्यवस्थापन समितिका उपाध्यक्ष न्हुच्छनारायण श्रेष्ठले कलेजमा शान्ति र लोकतन्त्र अध्ययन केन्द्र स्थापना गर्न लागिएको बताए । केन्द्रले दिगो शान्ति र लोकतन्त्र प्रवद्र्धनका लागि गर्नुपर्ने गतिविधिका बारेमा खोजी गर्न विद्यार्थीलाई प्रेरित गर्ने उनले सुनाए ।

प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक राधा घलेले खाडी र अरबको तापक्रममा नेपाली युवाले बगाएको रगत र पसिनाबाट आएको विप्रेषणले देश चलिरहँदा गर्व गर्ने संयन्त्रबाट मुक्त बनाउन युवा विद्यार्थीकालदेखि नै अध्ययन अनुसन्धानमा लगाउनुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासङ्घका पूर्वसभापति तारानाथ दाहालले कलेजमा स्थापना हुने शान्ति र लोकतन्त्र अध्ययन केन्द्रका लागि स्वतन्त्रता मञ्च ९फ्रिडम फोरम० का तर्फबाट रु पाँच लाख सहयोग गर्ने घोषणा गरे । जिपी कोइराला विश्वविद्यालय सिन्धुपाल्चोकमा स्थापना गर्ने भए आफूले जग्गा व्यवस्थापनमा सहयोग गर्ने उनको प्रतिबद्धता थियो ।

शिक्षाविद् प्रा डा विद्यानाथ कोइरालाले पुर्खाले दिएको आफैँभित्र अध्ययन अनुसन्धान गर्ने पूर्वीय वैदिक पद्धतिलाई पुनःस्थापित गर्न कलेजले कार्यक्रम अघि सार्नुपर्ने सुझाव दिए । कलेजलाई मानित विश्वविद्यालयका रुपमा विकसित गर्न सकिने उनको भनाइ थियो । मानित विश्वविद्यालयको व्यवस्था कानूनी दस्तावेजमा गरिएकामा त्यसलाई थप स्पष्ट पार्न सङ्घीय शिक्षा ऐनमा पनि व्यवस्था गरिनुपर्ने शिक्षाविद् कोइरालाको माग थियो ।

कोइराला किसान र मजदूरका नेता भएर राजनीतिमा अघि आएकाले ती वर्गका लागि कलेजले के ग¥यो भनेर पुनःविचार गर्न पनि उनले कलेज व्यवस्थापनलाई सुझाव दिए ।

कार्यक्रममा कोइराला पुत्री एवं पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले पठाएको शुभकामना मन्तव्य वाचन गरिएको थियो । विसं २०६९ चैत ७ गते स्थापना भई शैक्षिकसत्र २०७० मा ११ जना विद्यार्थीबाट कक्षा शुरु भएको कलेजमा हाल तीन विद्यार्थी अध्ययन गरिरहेको निमित्त क्याम्पस प्रमुख शिवप्रसाद अधिकारीले जानकारी दिए ।

कलेजमा हाल व्यवस्थापन र शिक्षा शास्त्र सङ्कायमा स्नातक र स्नातकोत्तर तहको पठनपाठन भइरहेको छ । आगामी शैक्षिकसत्रदेखि मानविकी सङ्कायका कार्यक्रमसमेत शुरु गर्न लागिएको जनाइएको छ । सो अवसरमा कलेजबाट उत्कृष्ट अङ्क ल्याएर विभिन्न तह पूरा गर्ने छात्रछात्रालाई सम्मान गरिएको थियो ।रासस

वि.सं.२०७७ चैत ७ शनिवार १४:४७ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...