-->
Logo
१६ असार २०७९, बिहीबार
     Thu Jun 30 2022
E-paper
  English Edition
   Unicode
Logo

यस्तो छ तपाईको आज (आइतबार) को राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त फाइदा !



मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ । छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ । स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ । कार्यक्षेत्रमा केही वादविवाद हुन सक्छ । सहयोगीहरूले प्रतिस्पर्धीलाई साथ दिने हुँदा गोपनीयतामा ध्यान दिनुहोला। दिन केही खर्चिलो रहनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कला निखार्ने अवसर प्राप्त हुनेछ । बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । व्यापार र पेसाबाट प्रशस्त लाभ हुनेछ । मिहिनेतले पेसागत उचाइमा पुर्याउन सक्छ । गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व पनि बढ्नेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
विशेष भेटघाटले नयाँ काम गर्ने वातावरण बन्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ । बिछोडिएका आफन्तजनसँग भेटघाट हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । व्यापार र पेसाबाट प्रशस्त लाभ हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ र साथ दिनेहरू बढ्नेछन् ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
परिस्थितिवश आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । सानो कामलाई पनि अधिक समय खर्च हुनेछ । बेसुरको निर्णयले पछिलाई समस्या पर्न सक्छ । छर–छिमेकमा असमझदारी बढ्नेछ । केही आफन्त पनि टाढा हुनेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । तर फाइदाका पछि लाग्दा धनमाल गुम्न सक्छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आजको लाभांश सञ्चय नहुन सक्छ । व्यावसायिक काममा लगानी बढाउनुपर्ला । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। सरसापटमा धन बाहिरिन सक्छ । श्रमको राम्रै मूल्यांकन भए पनि प्रतिफल तत्कालै प्राप्त नहुन सक्छ । भएको आम्दानी र सञ्चित रकम समेत खर्चनुपर्ला । आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ । केही जिम्मेवारी प्राप्त हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ । काम गरेर धेरैको मन जित्न सकिनेछ । अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ उठाउन सकिनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । पछिका लागि सम्भावना देखिए पनि तत्काल फाइदा उठाउन नसकिएला । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउनेछन् । तापनि, विशेष काम थालनी हुने समय छ । धेरै समय अरूका लागि जुट्नुपर्ला । नियमित कामलाई निरन्तरता दिन सकिनेछ । दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । हुलमुलमा धनमाल गुम्न सक्छ । खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ । स्वास्थ्य उपचारमा पनि खर्च हुने समय छ। सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ । भौतिक साधन जुट्नाले आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ । प्रेमको बन्धन कसिनेछ भने अतिथिका रूपमा सत्कार प्राप्त हुनेछ । परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ । विवादले रमाइलो क्षणमा पनि मन खिन्न रहनेछ । आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । ईर्ष्या गर्नेहरूले हार खानेछन् । व्यापारलगायत अर्थ लाभ हुने योजना प्रारम्भ गर्न सकिनेछ । दिगो काम थालनी गर्न सकिनेछ । पछिका लागि समेत सकारात्मक संकेत प्राप्त हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । अध्ययनमा पछि परिनेछ भने व्यापारमा थोरै फाइदा हुनेछ । बुद्धिको उपयोगले लक्ष्यनजिक पुग्न सकिनेछ । अप्रिय समाचारले भने खिन्नता बढ्न सक्छ । तापनि फाइदाको स्रोत पहिल्याउन सकिनेछ । अध्ययनमा उपलब्धि प्राप्त हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। नयाँ काम प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अवसरले पछ्याए पनि चुनौतीहरूसँग जुध्नुपर्ला । तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने हुन सक्छ । अरूको भरले मात्र काम पूरा नहुन सक्छ । अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ । रोकिएका काम दोहोर्याउनुपर्ला । आफ्नो प्रतिफलबाट अरूले लाभ उठाउलान् ।

२०७७ चैत ८ गते, आइतवार, (२१ मार्च २०२१)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज (शनिबार) को राशिफल भन्छ-आज यी ६ राशिकाले दिनुपर्नेछ विशेष ध्यान !


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको