back
CTIZAN AD

चैत्र १५ गते काठमाडौंवासीको धारामा मेलम्चीको पानी आउने

वि.सं.२०७७ चैत ८ आइतवार

1.1K 

shares

काठमाडौं । लामो समयदेखी चर्चा र पर्खाइमा रहेको मेलम्चीको पानी यहि चैत्र १५ गते काठमाडौं उपत्यकावासीको धारामा आउने भएको छ । १३ र १४ गते बल्कमा पानी जम्मा गरिने र १४ गते सबै धारामा पानी छोडिने मन्त्रालयका सहसचिव रमेश न्यौपानेले सन्सार न्युजलाई बताए ।

सहसचिव न्यौपानेका अनुसार १५ गते पहिलो दिन महांकाल, अनामनगर र खुमालटार क्षेत्रमा ४ करोड लिटर र दोस्रो दिन ६ करोड लिटर पानी छोडिने छ । १५ गतेदेखी केही समय सम्म निरन्तर परिक्षणको रुपमा पानी छोड्ने तयारी भएको सहसचिव न्यौपानेको भनाइ छ ।

उपत्यकावासीको घरका धारामा परिक्षणको क्रममा पानी छोड्दा समस्या देखिएमा तत्काल सामाधानको लागि खानेपानी मन्त्रालयका सचिवको नेतृत्वमा समन्वय तथा सहजीकरण समिती गठन गरिएको छ । समितिमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, गृह र भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव १/१ जना सदस्य रहनेछन । त्यस्तै सो समितिमा आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक र मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सदस्यको रुपमा रहने र सदस्य सचीवको रुपमा खानेपानी मन्त्रालयका सहसचिव रहने निर्णय गरिएको सहसचिव न्यौपाने बताए ।

सुन्दरीजलवाट पानी वितरण गरिएको अवस्थामा कहिंकतै समस्या देखिएमा तत्काल सामाधान गरिने ढंगले सो समिति काम गर्ने सहसचिव न्यौपानेको भनाइ छ ।

वि.सं.२०७७ चैत ८ आइतवार १८:४४ मा प्रकाशित

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता...

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा...

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको  ध्यानाकर्षण

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । अखिल नेपाल महिला सङ्गठनले एलपी ग्यासको कृत्रिम अभाव,...

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

काठमाडौँ ।, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक,...