back
CTIZAN AD

तेस्रो थानकोट गोल्डकपको उपाधि ‘ऊई आर ब्रदर्श’लाई

वि.सं.२०७७ चैत ९ सोमवार

714 

shares

९ चैत, काठमाडौँ । तेस्रो थानकोट गोल्डकपको उपाधि ‘ऊई आर ब्रदर्श’ क्लबले हात पारेको छ । चन्द्रागिरि थानकोट गोदाममा रहेको पिम्फली खेल मैदानमा आइतबार साँझ सम्पन्न तेस्रो थानकोट गोल्डकपमा तिनथाना युथ क्लबलाई हराउँदै ब्रदर्शले उपाधि हात पारेको हो ।

उक्त गोल्डकपको विजेतासँगै ब्रदर्श क्बलले रु ८० हजार पुरस्कार जित्न सफल भएको छ । शुरूदेखि दबाब राख्न सफल भएको ब्रदर्श २–० ले हराउँदै विजेता टिम बन्न सफल भएको हो । चन्द्रागिरि नगरपालिकाभित्रका स्थानीय २४ वटा टोलीलाई पछि पार्दै उई आर ब्रदर्श र तिनथाना युथ क्लब फाइनलमा पुगेका थिए । उपविजेता तिनथाना युथ क्लबले रु ४५ हजार प्राप्त गरेको छ । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपरलगायतलाई जनही रु पाँच/पाँच हजार नगद पुरस्कार राशि प्रदान गरिएको थियो ।

नगद पुरस्कार र ट्रफि चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले प्रदान गरे । कार्यक्रममा नगर प्रमुख गिरीले चन्द्रागिरिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन भइरहेका हुँदा खेलकूद र खेलाडीको विकासका लागि नगरबाट उचित काम भइरहेको बताए । उनले खेलकूदको माध्यमबाट समाज र राष्ट्रको नाम विश्वजगत्मा राख्ने हुँदा खेलाडीको उच्च सम्मानका साथै विविध गतिविधिमा ध्यान दिइरहेको उल्लेख गरे । तेस्रो थानकोट गोल्डकप फुटबल प्रतियोगिता गत फागुन २७ बाट शुरू भएको थियो ।

वि.सं.२०७७ चैत ९ सोमवार १०:५९ मा प्रकाशित

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

अटलान्टा ।  इजिप्ट फुटबल सङ्घले अर्जेन्टिनाविरुद्धको विश्वकप फुटबल २०२६ को...

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

काठमाडौँ । कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा...