९ चैत्र, काठमाडौं । सिभिल बैंकले ‘ग्लोबल मनी विक’को उपलक्ष्यमा विविध वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकले सात दिनमा सातै प्रदेशमा चेतनामूलक वित्तीय साक्षरता कार्यक्रम गर्न लागेको हो।
यसअनुसार चैत ९ गते प्रदेश नं. १ मा, १० गते प्रदेश नं. २ मा, ११ गते बागमती प्रदेशमा, १२ गते गण्डकी प्रदेशमा, १३ गते लुम्बिनी प्रदेशमा, १४ गते कर्णाली प्रदेशमा र १५ गते सुदूरपश्चिम प्रदेशमा कार्यक्रम हुने बैंकले जनाएको छ।
यी कार्यक्रमहरुमा अहिलेको डिजिटल युगमा विभिन्न विद्युतीय कारोबार माध्यमहरुका फाइदाका बारेमा श्रव्य दृश्य सामग्रीसहितको प्रस्तुति गरिने बैंकले जनाएको छ।
वि.सं.२०७७ चैत ९ सोमवार ११:२१ मा प्रकाशित





























