back

गोलभेंडा उत्पादक कृषकहरुलाई मेगा बैंकको सहुलियत कर्जा

वि.सं.२०७७ चैत ९ सोमवार

150 

shares
NTC AD
Global IME AD

९ चैत्र, काठमाडौं । मेगा बैंक नेपालले गोलभेंडा उत्पादक कृषकहरुलाई सहुलियत कर्जा दिने भएको छ।

बैंकले काठमाडौं उपत्यका र आसपासका गोलभेंडा उत्पादक कृषकहरुलाई सहुलियतमा कर्जा दिनका लागि बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र कर्मा समूहका अध्यक्ष सुरेश गुरुङबीच समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार कर्मा समूहको सिफारिसमा मेगा बैंकले पहिलो चरणमा ५० जना कृषकहरुलाई सहुलियत कर्जा उपलब्ध गराउने भएको छ ।

यसैगरी, दोश्रो चरणमा देशका अन्य जिल्लाका कृषकहरुलाई पनि सहुलियतमा कर्जा उपलब्ध गराउने समझदारी भएको हो ।इच्छुक कृषकहरुले आवश्यक काजगात पेश गर्नासाथ मेगा बैंकको नयाँ बानेश्वर शाखाले सहुलियत कर्जा दिने बताइएको छ।

काठमाडौं उपत्यकासहित देशका बिभिन्न भागमा छिमेकी देशबाट तरकारी भित्रिरहेको अबस्थामा सहुलियत कर्जाबाट नेपाली कृषकहरुको उत्पादन लागत घट्नुका साथै बजारमा प्रतिस्पर्धा गर्न मद्दत मिल्ने, थप रोजगारी सिर्जना हुने र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बैंकको विश्वास रहेको छ ।

वि.सं.२०७७ चैत ९ सोमवार ११:५२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
मुक्तिनाथ विकास बैंकको मुनाफा बढ्यो

मुक्तिनाथ विकास बैंकको मुनाफा बढ्यो

काठमाडौँ । मुक्तिनाथ विकास बैंकको मुनाफा बढेको छ । बैंकले...

शतप्रतिशतले बढ्यो कृषि विकास बैंककाे नाफा

शतप्रतिशतले बढ्यो कृषि विकास बैंककाे नाफा

काठमाडौँ । तेस्रो त्रैमासिकको वित्तिय विवरण सार्वजानिक गरे अनुसार कुषि...

चैतसम्म नविल बैंकले कमायो ४ अर्ब बढी

चैतसम्म नविल बैंकले कमायो ४ अर्ब बढी

काठमाडौं । नेपालमा संचालित २० वाणिज्य बैंक मध्ये सबै भन्दा...

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ग्लोबल आइएमईले उच्च शिक्षाका लागि भारत जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्ने

ग्लोबल आइएमईले उच्च शिक्षाका लागि भारत जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन...

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम

  काठमाडौं । एनएमबि बैंकले बुधवार बैंकको बल्खु शाखाबाट सुरु...