back
CTIZAN AD

४० वर्षीय पुरुष सहित पाँचजना मृत अवस्थामा फेला

वि.सं.२०७७ चैत ९ सोमवार

663 

shares

८ चैत, काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा पाँचजना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौं, चन्द्रगिरी नगरपालिका–१५ तिनथानास्थित सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

सिरहा, मिर्चैया नगरपालिका–१ स्थित पुर्व–पश्चिम राजमार्गबाट नजिक आँपको बगैँचामा हाल नाम, थर, वतन नखुलेका करिब २८ वर्षीय पुरुषको खाल्टोमा पुरिएको अवस्थामा आइतबार शव फेला परेको छ ।

तनहुँ, शुक्लागण्डकी नगरपालिका–८ किमलडाँडास्थित सेती नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ४२ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–१३ काफलगैरी भीरबाट करिब १ सय ५० मिटर तल सोही नगरपालिका–१५ बस्ने ३० वर्षीय रमेश खत्री आइतबार मृत अवस्थामा फेला परेका छन् । दुई दिन अगाडि घरबाट हिँडेका उनी फर्की नआएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।

कैलाली, कैलारी गाउँपालिका–९ गदरीया बस्ने ५० वर्षीया पार्वती चौधरी राना सोही ठाउँस्थित खानेपानी ट्याङकी नजिकै आँपको बगैंचामा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको ।

वि.सं.२०७७ चैत ९ सोमवार ११:५५ मा प्रकाशित

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...