
९ चैत्र, चितवन । चितवनको भरतपुरमा निर्माण भैरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा आर्थिक सहयोग जुटाउन चैत्र १० गते मेची-महाकाली अभियान सुरु गरिने भएको छ ।
धुर्मस-सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको रंगशालामा आर्थिक समस्या पर्दै गएपछि अभियान सुरु गर्न लागिएको हो ।
महाकालीबाट सुरु गर्न लागिएको अभियान कन्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, सुर्खेत, कपिलवस्तु, रुपन्देही, परासी, नवलपुर र चितवनसम्म आउने धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल जानकारी दिए ।
अभियानमा सहभागी हुने टोलीलाई सोमबार विहान रंगशालामा काम गर्ने मजदुरहरुले टीका, मालासहित ४ हजार ४०५ रुपैयाँ सहयोग गरेर बिदाइ गरे ।
उनले हरेक जिल्लामा दुई दिन रहेर रंगशालाका बारेमा जानकारी गराउने तथा अभियानमा जोड्ने प्रयास गर्ने जानकारी दिए ।
पश्चिम जिल्ला को अभियान सकियपछि पूर्वि जिल्ला को अभियान सुरु गरिने फाउण्डेशनका अध्यक्ष कट्टेलले बताए ।