९ चैत्र, काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी निरीक्षक (जनपद) पदका लागि योग्य उम्मेदवारहरुको अन्तिम नतिजा सार्वजनिक गरिएको छ ।
प्रकाशित नतिजाअनुसार खुला तथा समावेशी प्रतियोगिताद्वारा योग्यताक्रमानुसार उर्तीण भई नियुक्तिको लागि सिफारीसमा परेका १ सय ४९ जनाको नाम निकालिएको छ ।
वैकल्पिक सूचीमा खुल्लामा १२ जना, समावेशी महिला तर्फ २, समावेशी आदिवासी जनजाती तर्फ ३, समावेशी मधेसी तर्फ ३, समावेशी दतिल तर्फ २ समावशी पिछडिएको क्षेत्र तर्फ २ जनाको नाम रहेको छ ।
सिफारिसमा परेका मुख्य उम्मेद्वारहरुलाई शैक्षिक योग्यताको सक्कल प्रमाणपत्र, साथमा तिनका प्रतिलिपि, पासपोर्ट साइजका चार वटा फोटो चैत्र १८ गते बुधबार बिहान १० बजे प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभाग, कर्मचारी प्रशासन शाखा नक्साल काठमाडौंमा उपस्थित हुन भनिएको छ ।
हेर्नुस् सिफारिस भएका उम्मेदवारहरुको नामावली :
वि.सं.२०७७ चैत ९ सोमवार १६:५३ मा प्रकाशित
























