
१० चैत, काठमाडौँ । न्यूजिल्याण्ड र बंग्लादेश बिच ओवलमा भईरहेको दोस्रो एकदिवसीयमा बंग्लादेशमा न्यूजिल्याण्डलाई जितको लागि २७२ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको बंग्लादेशले ५० ओभरमा ६ विकेट गुमाएर २७१ रन बनाएको छ । बंग्लादेशका लागि मोहम्मद मिथुन ५७ बलमा ७३ रनको विस्फोेटक पारी खेल्दैँ नटआउट रहेका छन । त्यसैगरी कप्तान तमीम इकबाले ७८, सैम्य सरकार ३२, मुशफिकुर रहीम ३४ महमूदुल्लाह १६ र लिटन दाश ० रन बनाएर आउट भएका छन । न्यूजिल्याण्डका लागि बलिङ्गमा भने मिचल श्यान्टनरले सर्वाधिक २ विकेट निकालेका छन ।
३ खेलेको एकदिवसीय श्रृखलामा न्यूजिल्याण्डले पहिलो खेलमा जित निकाल्दैँ श्रृखलामा १-० ले अग्रता लिएको छ । दोस्रो एकदिवसीयमा पनि जित निकाल्नको लागि न्युजिल्याण्डले ५० ओभरमा २७२ रन बनाउन पर्ने छ ।