
१२ चैत, बैतडी । बैतडीकी भागरथीको बलात्कारपछि हत्या प्रकरणमा मृतकको स्वावसँगै अभियुक्तको डिएनए मिलेको पाइएको छ ।
सुदूरपश्चिम प्रहरी प्रहरी कार्यालयका प्रवक्ता मुकेश सिंहका अनुसार केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला सामाखुसीमा गरिएको परीक्षणको बिहीबार प्राप्त रिर्पोटमा अभियुक्तको डिएनए मिलेको हो ।
‘रिर्पोट आजै आएको हो । अभियुक्तको डिएनए मिलेको छ । पहिले पनि अनुसन्धानका क्रममा प्रसस्त प्रमाण भेटिएको हो । अभियुक्तको डिएनए मिलेपछि यसले संलग्नताको थप पुष्टि गरेको छ ।’ प्रवक्ता सिंहले संसारन्युजसँग भने ।
घटनामा संलग्न रहेको अभियोगमा पक्राउ गरी गत फागुन ४ गते पक्राउ गरेर सुधारगृहमा राखिएका १६ वर्षीय दिनेश भट्टको परिवारले यसअघि पत्रकार सम्मेलनै गरेर आफ्नो छोरा घटनामा संलग्न नरहेको र दवावमा आएर हत्या गरेको स्वीकारेको अवस्थामा मृतकको श्वाव परीक्षणमा दिनेशको डिएनए मिलेको थप प्रमाण आएको हो ।
२२ गते स्कुल गएकी दोगडाकेदार गाउँपालिका ७ की १८ वर्षीया भागरथी भट्टको माघ २३ गते सोहि गाउँको खोचलेकको जंगलमा शब फेला परेको थियो ।