back
CTIZAN AD

भागरथी हत्या प्रकरणः मृतकको स्वाव परीक्षणमा अभियुक्तको डिएनए मिल्यो

वि.सं.२०७७ चैत १२ बिहीवार

663 

shares

१२ चैत, बैतडी । बैतडीकी भागरथीको बलात्कारपछि हत्या प्रकरणमा मृतकको स्वावसँगै अभियुक्तको डिएनए मिलेको पाइएको छ ।

सुदूरपश्चिम प्रहरी प्रहरी कार्यालयका प्रवक्ता मुकेश सिंहका अनुसार केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला सामाखुसीमा गरिएको परीक्षणको बिहीबार प्राप्त रिर्पोटमा अभियुक्तको डिएनए मिलेको हो ।

‘रिर्पोट आजै आएको हो । अभियुक्तको डिएनए मिलेको छ । पहिले पनि अनुसन्धानका क्रममा प्रसस्त प्रमाण भेटिएको हो । अभियुक्तको डिएनए मिलेपछि यसले संलग्नताको थप पुष्टि गरेको छ ।’ प्रवक्ता सिंहले संसारन्युजसँग भने ।

घटनामा संलग्न रहेको अभियोगमा पक्राउ गरी गत फागुन ४ गते पक्राउ गरेर सुधारगृहमा राखिएका १६ वर्षीय दिनेश भट्टको परिवारले यसअघि पत्रकार सम्मेलनै गरेर आफ्नो छोरा घटनामा संलग्न नरहेको र दवावमा आएर हत्या गरेको स्वीकारेको अवस्थामा मृतकको श्वाव परीक्षणमा दिनेशको डिएनए मिलेको थप प्रमाण आएको हो ।

२२ गते स्कुल गएकी दोगडाकेदार गाउँपालिका ७ की १८ वर्षीया भागरथी भट्टको माघ २३ गते सोहि गाउँको खोचलेकको जंगलमा शब फेला परेको थियो ।

वि.सं.२०७७ चैत १२ बिहीवार १४:३४ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

जनप्रतिनिधिसँग बालबालिकाका माग

जनप्रतिनिधिसँग बालबालिकाका माग

टीकापुर (कैलाली) । स्थानीय पालिकाका जनप्रतिनिधिसँग सबै बालबालिकाको गुणस्तरीय शिक्षामा...

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक...

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

काँक्रेविहार (सुर्खेत) । पश्चिम जाजरकोटमा करोडौँ रुपैँया लगातका पक्की पुलहरूको...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...