
१२ फागुन, काठमाडौं । गण्डकी प्रदेशमा आज ३० जना कोरोना सक्रमित थपिएका छन् ।
प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आज थपिएकामा कास्कीको पोखरा महानगरपालिकाका १५ जना, माछापुछ्रे गाउँपालिकाका १३ जना र तनहुँको शुक्ला गण्डकीका २ जना गरी ३० जना थपिएका हुन् ।
आज थपिएका ३० जनासँगै प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या २६९ रहेको छ । जसमा कास्कीमा सबैभन्दा बढी २०९ जना सक्रिय संक्रमित रहेका छन् ।