back
CTIZAN AD

पछिल्लो २४ घण्टामा देशैभरी ४ जना कोरोना संक्रमितको निधन, १५६ जनामा संक्रमण

वि.सं.२०७७ चैत १३ शुक्रवार

753 

shares

१३ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ४ हजार ४१६ नमुना परीक्षणमा १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज थपिएका १५६ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७६ हजार ६६५ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ७० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ७० जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ७२ हजार ३४२ पुगेको छ । निको हुनेको यो दर ९८.४ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा चारजना संक्रमितको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार २४ पुगेको छ ।

त्यस्तै देशैभरी संक्रिय संक्रमितको संख्या १२९९ रहेको छ भने क्वारेन्टिनमा रहनेको संख्या ५२ रहेको छ ।

त्यसैगरी हालसम्म पिसीआर प्रविधिबाट २२ लाख ५६ हजार ३ सय कोरोनाका नमुना परीक्षण गरिएको छ ।

भारतमा तिब्रगतिमा फैलिएको कोरोना संक्रमणका कारण नेपालमा पनि पछिल्ला केही दिनयता संक्रमित हुने र संक्रमणबाट निधन हुनेको संख्या बढिरहेको छ ।

आज देशैभरी १२० जनामा कोरोना संक्रमण, ८५ जना निको

 

 

 

वि.सं.२०७७ चैत १३ शुक्रवार १५:५५ मा प्रकाशित

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

काठमाडौं । चीनका लागि नेपाली पूर्व राजदूतहरूले काठमाडौंमा हालै सम्पन्न...

दलाई लामा प्रकरणमा सरकारमाथि नारायणकाजीको गम्भीर प्रश्न

दलाई लामा प्रकरणमा सरकारमाथि नारायणकाजीको गम्भीर प्रश्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले दलाई लामासम्बन्धी...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...

आज राष्ट्रिय सभाको बैठक बस्दै

आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । सङ्घीय...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

नेपालको तेस्रो जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

नेपालको तेस्रो जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

काभ्रेपलाञ्चोक । बाढीपहिरोले क्षतिग्रस्त पनौती जलविद्युत् केन्द्र सञ्चालन गर्न अझै...