
१३ चैत, काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ ।
फागुन १४ गते मस्तिष्कघात भई नर्भिक अस्पतालमा उपचार गराइरहेका नेता जोशीको शुक्रबार साँझ ८ः२४ मा निधन भएको अस्पतालले जानकारी दिएको छ ।
‘मष्तिष्कघात पछि उहाँलाई नर्भिक इन्टरनेशनल अस्पतालको आइसियूमा राखेर उपचार गरिएको थियो । भेन्टिलेटरको सर्पोटमा उपचार जारी राखिएको थियो,’ अस्पतालका कर्पोरेट कम्युनिकेशन एण्ड पीआर डिर्पाटमेन्टका प्रमुखद्धारा शुक्रबार बेलुका जारी बिज्ञप्तिमा भनिएको छ, ‘शुक्रबार बिहानदेखि उहाँको मुटुले समेत काम गर्न छाडेको थियो । उपचारका सबै प्रयास जारी राखिएकै अवस्थामा उहाँको निधन भएको नर्भिक अस्पतालका वरिष्ट न्यूरो सर्जन डा. राजीव झा ले बताउनु भएको छ ।’