back
CTIZAN AD

नवलपुरको दुई हजार हेक्टरमा डढेलोः धुवाँले आँखा पोल्ने समस्या

वि.सं.२०७७ चैत १३ शुक्रवार

639 

shares

१३ चैत्र, नवलपरासी । नवलपुरका विभिन्न सामुदायिक वनमा लागेको आगोले यस क्षेत्रको वायुमण्डल धुवाँले ढाकेको छ । यहाँ रहेका सामुदायिक वनमा लागेको आगोले जिल्लाको सबैजसो क्षेत्रमा अहिले धुवाँमय भएको छ ।

नवलपुरका अहिले करीब दुई हजार हेक्टर वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी शिव श्रेष्ठले बताए । जिल्लाका विभिन्न सामुदायिक वन क्षेत्रमा अहिले पनि ढडेलो लागेको भन्ने सूचना आइरहेकाले डढेलो लागेको वनको क्षेत्रफल बढ्न सक्ने सूचना अधिकारी श्रेष्ठले बताए ।

गत वर्ष नवलपुरमा ६०० हेक्टर क्षेत्रफलमा मात्रै डढेलो लागेकामा यो समय चैतको दोस्रो हप्ताभित्र नै दुई हजार हेक्टर बढी क्षेत्रफलमा डढेलो लागेको उनले बताए । नवलपुरको राजमार्ग क्षेत्रका सामुदायिक वनमा धेरै डढेलो लागेको छ । सूचना अधिकारी श्रेष्ठका अनुसार राजमार्ग आसपासका क्षेत्रमा चुरोट खाएर फालिदिने गर्दा आगलागी हुने गरेको छ । यस्तै सामुदायिक वनसँग विभिन्न कारणले मनमुटाव रहेका व्यक्तिले रिसले समेत आगो लगाएको पाइएको छ भने वन्यजन्तुको शिकार गर्न तथा वनमा आगो लगाएपछि च्याउ राम्रो आउँछ भनेर पनि आगो लगाउने गरेको उनले बताए ।

पहिले पहिले खोरिया फाँड्न वनमा आगो लगाउन चलन भए पनि नवलपुरमा अहिले भने यस्तो नरहेको सूचना अधिकारी श्रेष्ठले बताए । नवलपुरमा करीब ७० हजार ४०० हेक्टर क्षेत्रफलमा वन रहेको छ । नवलपुरमा २०८ वटा सामुदायिक वन, १५३ वटा कबुलियती वन, आठ वटा धार्मिक वन, साझेदारी र चक्ला वन एक÷एक वटा रहेको छ । अहिले धेरैजसो वनमा डढेलो लागेको छ । पहाडी क्षेत्रमा लागेको आगो नियन्त्रण गर्न मुस्किल देखिएको छ । अप्ठ्यारो स्थानमा लागेको आगो निभाउन असम्भव जस्तै देखिएकाले तत्काल नियन्त्रणमा आउन सक्ने सम्भावना देखिएको छैन ।

सामुदायिक वन क्षेत्रमा लागेको आगो नियन्त्रणका लागि वन समूहले प्रयास गरे पनि ढडेलोबाट वन जोगाउन भने सकेका छैनन् । अघिल्ला वर्षमा भन्दा यस वर्ष यहाँका सामुदायिक वनले डढेलो नियन्त्रणका लागि प्रभावकारीरुपमा काम नगरेको देखिएको छ । वैज्ञानिक वन व्यवस्थापन प्रणाली खारेजी, काठ दाउरा उपभोगमा लामो समय गरिएको प्रतिबन्धका कारण उपभोक्तामा नैराश्यता देखिएको वैज्ञानिक वन सञ्जाल नवलपुरका अध्यक्ष मधुविलास अधिकारीले बताए ।

यसै कारणले समेत संरक्षणमा उपभोक्ताको चासो कम भएको अनुमान गरिएको छ । जिल्लाका विभिन्न वन क्षेत्रमा लागेको डढेलोले आकाशमा धुवाँले ढाक्दा आँखा पोल्ने समस्यासमेत देखिएको छ । धुवाँका कारण आँखा पोल्ने, श्वासप्रश्वासमा समेत समस्या उत्पन्न हुन सक्ने मध्यबिन्दु जिल्ला अस्पतालका जनस्वास्थ्य अधिकृत छविलाल सुवेदीले बताए । आँखाको सुरक्षाका लागि चस्मा प्रयोग गर्ने, बेलाबेलामा चिसोपानीले आँखा धुने र श्वासप्रश्वासमा समस्या हुन नदिन मास्क लगाउने जस्ता उपाय अपनाउन सकिने उनको भनाइ छ ।

वि.सं.२०७७ चैत १३ शुक्रवार १६:३८ मा प्रकाशित

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

जनक श्रेष्ठ, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

कास्की । गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच...

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि...

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

डुम्रे (तनहुँ) । यहाँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरि सामुदायिक वनलाई...