१३ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेता नवीन्द्रराज जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसले इमान्दार निष्ठावान नेता जोशीलाई गुमाएको बताउँदै आफू मर्माहत भएको बताएका छन् ।
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री जोशीको शुक्रबार उपचारका क्रममा नर्भिक इन्टरनेशन अस्पतालमा निधन भएको छ ।
नेपाली कांग्रेसका नेता, कुशल संगठक एवंम पूर्वमन्त्री नविन्द्रराज जोशीको असामायिक निधनको खबरले निकै मर्माहित भएको छु । जोशीजीको निधनले काँग्रेसले एक इमान्दार र निष्ठावान नेता गुमाएको छ । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु। pic.twitter.com/Rx6ynXJQSW
— Sher Bahadur Deuba (@DeubaSherbdr) March 26, 2021
वि.सं.२०७७ चैत १३ शुक्रवार २२:२४ मा प्रकाशित






























