१४ चैत, काठमाडौं । पत्रकार महासंघ युरोप शाखाको अध्यक्षमा प्रेम बहादुर परियार निर्विरोध निर्वाचित भएका छन् ।
लामो समयदेखि नर्वेमा रहेर विभिन्न संचारमाध्यममार्फत् पत्रकारितामा सक्रिय भूमिका खेलेका तथा ऐक्यबद्धता मासिक र संसारन्युज डटकमका युरोप संयोजक परियार शुक्रबार भर्चुअल माध्यमबाट सम्पन्न शाखाको चौथो अधिबेशनबाट अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
त्यसैगरी समितिको वरिष्ठ उपाध्यक्षमा केजिन राई र महेशकुमार खाती, उपाध्यक्षहरुमा राजकुमार थापा, रविचन्द्र भट्टराई, प्रेमचन्द्र पोमु, वाइबी गुरुङ, दिल निशानी मगर, जंगम खड्का र दीपेन्द्र गजुरेल रहेका छन् भने महासचिवमा द्रोण रिजाल, सचिवहरुमा म्हेन्दो वाइवा, शेरबहादुर परियार, सरला कट्टेल, कलश खरेल र कमल पराजुली तथा कोषाध्यक्षमा इन्दिरा चाम्लिङ रहेका छन् ।
त्यस्तै सदस्यहरुमा वीरमान घर्ती, युवराज फुयाँल, दिनेश गौतम, गोमा खरेल, निराजन श्रेष्ठ, कृष्ण तिवारी, शान्ति अर्याल अधिकारी, अनिल पौडेल, भेषबहादुर (सन्जु) काउचा, रमेशराज बाँस्तोला, ल्हाक्पा तेन्जी शेर्पा र किशोर लिम्बु निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी शाखाको संरक्षकहरुमा पुष्प बरुवाल, पन्चम अधिकारी र राजकुमार दिक्पाल रहेका छन् ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका सदस्य राजेश चाम्लिङ राईको संयोजकत्वमा डा. उदयदेव आचार्य सदस्यसचिव रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो । साथै अधिवेसनका लागि बेलायत शाखाका पूर्वअध्यक्ष चिरन शर्मा केन्द्रीय प्रतिनिधि तोकिएका थिए ।
वि.सं.२०७७ चैत १४ शनिवार ०६:१३ मा प्रकाशित






























