back
CTIZAN AD

लघुकथा: ढाट व्यापारी

वि.सं.२०७७ चैत १४ शनिवार

747 

shares

कपुरधाराको तरकारी बजारमा एकजना व्यापारीले खर्पनमा बन्दा बेच्न राखेको थियो । बन्दा बेच्ने व्यापारीले मलाई देख्ने बित्तिकै दुईटा बन्दा झिकेर एउटा प्लाष्टिकको थैलीमा राखेर ‘बन्दा लैजाने होइन ?’ भन्यो । ‘कति रुपैँया लिनुहुन्छ नि यी दुईटा बन्दाको ?’ मैले भने । ‘अरुलाई भए एकसय तिस रुपैँया तपाई सधैँ मकहाँ किन्न आइरहनेलाई एक सय दश रुपैँया मात्रै’ व्यापारीले भने । ‘यी दुईटा बन्दा कति केजीको छ नि ?’ मैले सोधे । ‘तीन केजी घटीको छैन’ व्यापारीले भने । व्यापारीले तीन केजी घटीको छैन भनेपछि मैले दुईटा बन्दाको एक सय दश रुपैँया व्यापारीलाई दिएर घरतर्फ लागे । घरतर्फ लाग्दै गर्दा एउटा फलफूल बेच्ने पसलमा दुईटा बन्दा कति केजीको रहेछ भन्दै जोख्न पुगे । दुईटा बन्दा जम्मा दुई केजीको मात्र रहेछ । बन्दा बेच्ने व्यापारीले मलाई तीन केजी भन्दा घटीको छैन भनेर ढाट्यो मैले मनमनै भने ।

अर्को दिन त्यो व्यापारीले काउली र गाजर बेच्न बसेको थियो । मलाई देख्नेबित्तिकै ‘आज काउली लैजाने होइन ?’ भन्यो । ‘तपाईसँग मैले अस्तीको दिन दुईटा बन्दा किनेर लैजादा तपाईले यी दुईटा बन्दा तिन केजी घटीको छैन भनेर ढाट्नु भयो नि तपाईसँंग लगेको बन्दा जम्मा दुई केजी असी ग्रामको मात्र रहेछ नि अब देखि तरकारी किन्न मलाई मनै लागेन तपाईले मलाई जस्तै अरुलाई नि त्यसरी ढाटेर तरकारी बेच्ने गर्नु भयो भने तपाईसंग कसैले पनि तरकारी किन्दैनन् नि’ मैले भने । मान्छेले भनेको सुनेको थिएँ मैले लोभले लाभ लाभले विलाप हुन्छ भनेर । तर आज मैले बिस रुपैँयाको लोभले गर्दा उल्टो तीस रुपैँयाको नोक्शान व्यहोर्नु प¥यो ।

 

वि.सं.२०७७ चैत १४ शनिवार ०६:३७ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...